बागलुङ (खर्बाङ), १८ माघ- नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पोखराबाट केही समयमै अन्तराष्ट्रिय उडान हुने बताएका छन् । उनले चिन सरकारको लगानी र ऋण दुवैमा बनेको बिमानस्थल तत्काल सञ्चालनमा ल्याउनुको बिकल्प नरहेको बताए । पोखराबाट केही मिनेटमै मानसरोवर र कैलाश पर्वत जान सकिने भएकाले यो बिमानस्थलले चिनसँगको फरक सम्बन्ध जोड्ने बताए ।
प्रदेशभरका स्थलमार्गको स्तरोन्नती तिव्र गतिमा भईरहेको भन्दै अधिकारीले प्रकृति र संस्कृतिले धनी रहेको गण्डकी प्रदेश हवाई गतिविधिले थप चलायमान बन्ने बताए । गण्डकी प्रदेशकै स्रोत साधनको समुचित प्रयोगले प्रदेश समृद्ध बन्न सक्ने बताउँदै उत्कृष्ट सिप योजना र ज्ञान भएकाहरुलाई प्रदेश सरकारले सहयोग गर्ने बताए ।
रिटर्नी फेडेरेशन नेपाल बागलुङ जिल्लाको दोस्रो अधिवेशनका लागि बागलुङको खर्वाङ आएका अधिकारीले चिन र भारत दुबै संग सिमा जोडिएको गण्डकी प्रदेशमा नेपाल चिनाउने दर्जन बढी चिनारी रहेको बताए । उनले विदेशबाट ज्ञान र सिप संगालेर नेपाल आएका रिटर्नीहरुले त्यसको प्रयोग गरेर उद्यमी बन्नुपर्नेमा जोड दिए । आगामी आर्थिक वर्षको संघ सरकारको बजेटले देश विकासको केहि छनक दिने भन्दै उत्तरगंगा जलाशयुक्त जलविद्युत अयोजना, मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा बन्न बाँकी सडकसंगै पश्चिम बागलुङलाई प्राथमिक्तामा राखेर प्रदेशको बजेट आउने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य मना कुमारी केसी, केन्द्रिय सदस्य तथा रिटर्नी फेडेरेशनका इञ्चार्ज कृष्ण केसी, केन्द्रिय सदस्य शालिग्राम बसेल, संस्थापक अध्यक्ष चन्द्र रोका, एमाले केन्द्रिय सदस्य मञ्जु शर्मा चालिसे, प्रदेश कमिटि सदस्यहरु शिव सापकोटा, बाबुराम नेपाली, सुनिल शेरचन, जिल्ला उपाध्यक्ष बिष्णु भुसालले बोलेका थिए ।
अधिबेशनले जिल्लाका सबै पालिकाको प्रतिनिधित्व हुनेगरी कृष्ण बहादुर कार्की अध्यक्ष रहेको १७ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ । उपाध्यक्षमा श्रीकृष्ण पाठक, अनिता केसी, सचिवमा झलक आचार्य, सह–सचिवमा हर्क पन्त र टिकाराम रोेका तथा कोषाध्यक्षमा बिष्णुबहादुर खड्का महेन्द्र चयन भएका छन् । सदस्यहरुमा बलबहादुर नेपाली, लालबहादुर नेपाली, दिलबहादुर बुढाथोकी, गोपाल घिमिरे, देवीराम सापकोटा, विकास खत्री, हिराबहादुर सेन, छमबहादुर कुँबर, लेखनाथ शर्मा र सुरेन्द्र खत्री चयन भएका छन् ।