१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026
निजामती कर्मचारी संगठन बागलुङको १२ औं अधिबेशन

समाजको चरित्र अनुसारको नीति चाहिन्छ : मन्त्री पाठक


जनमञ्च संवाददाता
  • १७ माघ २०८१ , बिहिबार

  • समाजको चरित्र अनुसारको नीति चाहिन्छ : मन्त्री पाठक

    बागलुङ, १८ माघ-गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले समाजको चरित्र अनुसारका नीति तथा कानूनहरु तयार गर्नुपर्ने बताएका छन् । नेपालको संविधानले समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेको भएपनि समाजको चरित्र अनुसारका नीति बन्न नसकेकोमा पाठकले चिन्ता व्यक्त गरे । संबिधानको परिकल्पना अनुसार चल्न नसक्दा वर्तमान समाजमा राजनीति प्रतिको बितृष्णा बढेकोमा उनको चिन्ता थियो ।
    संबिधान बनेको लामोसमय बितिसक्दा समेत कयौं ऐन कानूनहरु तयार हुन नसकेका कारणले पनि समाजका बिभिन्न क्षेत्रमा समस्या सिर्जना भैरहेको उनको तर्क थियो । निजामती कर्मचारी संगठन बागलुङको १२ औं अधिबेशनलाई बिहिबार बागलुङ बजारमा उद्घाटन गर्दै पाठकले नेपालको निजामती क्षेत्रप्रति बेला बेलामा नागरिकका तहबाट प्रश्न आउने गरेको भन्दै त्यसलाई चिर्नेगरी काम गर्नुपर्ने बताए ।
    निजामती सेवा ऐन लामो समय बन्न नसक्दा कर्मचारीका वृत्तिविकास लगायतमा प्रभाव परिरहेको भन्दै पाठकले लोकतन्त्रको स्थापनाका लागि महत्वपूर्ण योगदान गरेको समग्र निजामती क्षेत्रको मनोबल उच्च हुनेगरी ऐन ल्याउनुपर्नेमा जोड दिए । उनले वर्तमान सरकार जनताका समस्या समाधान गर्न बनेको सरकार भएकाले केन्द्रिय सरकारले अध्यादेशमार्फत जनताका दिनानुदिनका समस्या समाधान खोजेको बताए । ‘केन्द्र सरकारले अध्यादेशमार्फत छिटो बाटोबाट डेलिभरीको प्रयास थालेको छ’ पाठकले भने ‘प्रदेश सरकारले पनि जनताको भावना अनुसारका काम कारवाही गर्छ ।’
    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले जनभावना अनसार नीति र विधिमा रहेर कर्मचारीले काम गर्नुपर्नेमा जोड दिए । उनले निजामती क्षेत्र प्रतिको विश्वास बढाउन आग्रह गरे ।
    नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष हिराबहादुर केसीले सेवा प्रवाह चुस्त र द्रुत बनाउनका लागि कर्मचारीको मनोवल उच्च राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा निजामती कर्मचारी संगठनका केन्द्रिय सचिवालय सदस्य भरत भुसाल, पुष्पराज पौडेल, धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख सुदर्शन सिलवाल, निजामती कर्मचारी युनियन बागलुङका अध्यक्ष देवप्रकाश घिमिरे लगायतले बोलेका थिए ।
    संगठनका अध्यक्ष श्याम थापाको अध्यक्षता, केन्द्रिय प्रतिनिधि सरस्वती शर्मा रेग्मीको स्वागत र सचिव मनोज कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend