९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

नेपाल शिक्षक संघ जैमिनीको प्रतिनिधि सभा


जनमञ्च संवाददाता
  • ४ फाल्गुन २०८१ , आइतबार

  • नेपाल शिक्षक संघ जैमिनीको प्रतिनिधि सभा

    बागलुङ/ नेपाल शिक्षक संघ जैमिनी नगरपालिकाको पाँचौ स्थानिय प्रतिनिधि सभा एवं शिक्षक सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
    जैमिनी नगरपालिका–२ दमेकमा सुन्तलाचौरमा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि डिल्लीराम सुवेदीले संघिय शिक्षा ऐन सवैको चासोको विषय भएको भएको र ऐनलाई तत्काल ल्याउन जरुरी रहको बताए ।
    उनले शिक्षक पेशा एक मर्यादित र प्रतिष्ठीत सँगै सवैले सम्मान गर्ने पेशा भएको बताए । सुवेदीले नेपाली काँग्रेसले शिक्षकको हक हितका लागि सडक देखी सदन सम्म हरेक समयमा साथ दिएको दाबी गरे ।
    कार्यक्रममा नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेल, नेपाली काँग्रेस बागलुङका सचिव एवं जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, काँग्रेसका महासमिति सदस्य भिम श्रीष, सिताराम रसाईली, महाधिवेशन प्रतिनिधि विष्णु पौडेल दाह्री, चिरञ्जीवी गौतम, काठेखोला गाउँपालिका १ का वडा अध्यक्ष खड्क थापा मगर, नेपाली काँग्रेस जैमिनी नगरपालिकाका– २ का सभापति नन्दलाल सापकोटा, नेपाल शिक्षक संघका उपाध्यक्ष नन्दकुमारी ठकुरी सचिव लक्ष्मीकान्त पौडेल, सचिव अर्थ कुलबहादुर घर्ति बागलुङ नगरपालिकाका कार्यबहाक अध्यक्ष घनश्याम रिजाल लगायतले बोलेका थिए ।
    कार्यक्रममा जैमिनी नगरपालिकामा सरुवा भै आएका र नवनियुक्त शिक्षकलाई सम्मान गरिएको थियो । कार्यक्रम नेपाल शिक्षक संघ जैमिनी नगरपालिकाका अध्यक्ष टेकनारायण आचार्यको अध्यक्षता, सुन्तलाचौर माविका शिक्षक खगराज सापकोटाको स्वागत र सचिव अर्थ हेमलाल पौडेलको आर्थिक प्रतिवेदन र सचिव गोविन्द पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend