९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

निसीखोलामा वृद्वा मृत फेला


जनमञ्च संवाददाता
  • ८ फाल्गुन २०८१ , बिहिबार

  • निसीखोलामा वृद्वा मृत फेला

    बागलुङ, ८ फागुन- बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं. १ देविस्थानस्थित निसीखोलाको बाँधमा एक वृद्वा मृत फेला पर्नुभएको छ । बिहिबार सोही निसीखोला १ लेवाङ निवासी ८० वर्षिय रुपी विक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    खोलामा शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । माघ २५ गतेदेखि हराइरहनुभएकी विकको शव आज निसीखोलामा फेला परेको हो । विक बेपत्ता भएपछि गत आइतर प्रहरी कार्यालयमा हुलियासहित निवेदन दिएपछि इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतको टोली खोजीकार्यमा परिचालन भएको थियो ।

    शव गलिसकेको अवस्थामा रहेका पोष्टमार्टमका लागि बुर्तिवाङमा अस्पतालमा राखिाएको र घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend