११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

महासंघका पूर्व अध्यक्ष कंडेललाई सम्मान


जनमञ्च संवाददाता
  • १८ फाल्गुन २०८१ , आइतबार

  • महासंघका पूर्व अध्यक्ष कंडेललाई सम्मान

    बागलुङ, १८ फागुन- नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष नारायणदत्त कंडेलले आफ्नो चारधाममध्ये महासंघ नै एक तीर्थ र धाम भएको बताएका छन् । २०५८ सालमा बागलुङ शाखाको अध्यक्ष भएका कंडेल झण्डै २२ बर्षपछि महासंघमा आएर उक्त जानकारी गराएका हुन् ।
    महासंघको भवनमा पहिलो पटक प्रवेश गरेका कंडेलले पत्रकारको रुपमा समाजमा स्थापित भएकोले संस्थालाई बिर्सन नसक्ने बताए । उनले अबका दिनमा पनि पत्रकारको साथमा अगाडि बढ्ने बताए । बेलायतबाट कानूनमा विद्यावारिधी गरेका कंडेल नेपाल फर्केर वकालत पेशामा छन् । तर उनले पहिचान बनाएको पत्रकारितालाइ पनि साथ दिने भन्दै पत्रकार लेखन वृत्ति कोषका लागि शनिवार ३० हजार रुपैयाँ सहयोग समेत गरे ।
    महासंघ मार्फत सशक्त पत्रकार उत्पादन, संस्थागत बिकास र पत्रकारिता मार्फत समाजको चित्रण गर्ने काममा लाग्नेलाई आफ्नो सहयोग रहने समेत उनले बताए । महासंघले कंडेललाइ शनिवार स्वागत गर्दै महासंघको धौलागिरिको इतिहास नामक पुस्तक समेत उपहार दिएको थियो ।
    कार्यक्रममा महासंघका उपाध्यक्ष सुवास आचार्य, पूर्व अध्यक्ष नरेश कंडेल सहितका पदाधिकारीले कंडेललाई सम्मान गरेका थिए । २०५० सालमै महासंघको तयारी भएपनि औपचारिक रुपमा पहिलो अधिवेसनबाट कंडेल २०५८ सालमा अध्यक्ष चयन भएका थिए । त्यतिबेला हालको बागलुङ, पर्वत र म्याग्दी समेतका पत्रकारको साझा संस्थाको रुपमा धौलागिरि शाखा थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend