९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

तीन दिने पत्रकारिता तालिम सकियो


जनमञ्च संवाददाता
  • ८ बैशाख २०८२ , सोमबार

  • तीन दिने पत्रकारिता तालिम सकियो

    बागलुङ, ८ बैशाख- नेपाल पत्रकार महासंघको आयोजना र बागलुङ नगरपालिकाको सहयोगमा संचालित तीनदिने दिगो बिकास र वातावरण बिषयक पत्रकारिता तालिम सम्पन्न भएको छ । तालिममा विभिन्न स्थानमा बसेर काम गरिरहेका ४० पत्रकार तथा संचारकर्मीको सहभागिता थियो ।
    तालिम समापनका अवसरमा बागलुङ नगरापलिकाका उपप्रमुख राजु खड्काले तालिमले नगरका कार्यक्रमको समाचार रिर्पोटिङमा साथ मिल्ने बताए । साथै उनले आगामी दिनमा वातावरण संरक्षणका मुद्दा पनि अगाडि आउने बताए । साथै निकट भविष्यमा पर्यटन र खेल पत्रकारिता सम्बन्धीतालिम समेत दिएर पत्रकारलाई दक्ष बनाउन पहल गर्ने बताए ।
    महासंघका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, सचिव नारायण रिजालको संचालनमा सम्पन्न समापन समारोहमा वडा नंं ११ का अध्यक्ष ज्ञानेन्द्र गौतम, महासंघमा पूर्व अध्यक्ष रामबहादुर जिसी, उपाध्यक्ष सिर्जना पन्त, सहभागि लोकेन्द्र सुनार लगायतले मन्तव्य राखेका थिए ।
    तालिममा मदनपुरस्कार बिजेता मोहन मैनालीले दुइ दिनसम्म प्रशिक्षण दिए भने आइतबार पूर्व अध्यक्षहरु रामबहादुर जिसी र मुकेशचन्द्र राजभण्डारी तथा बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले पनि सहजीकरण गरेका थिए । शनिवार चार समूहले गरेको फिल्ड रिर्पोटिङको प्रस्तुतीकरण समेत भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend