९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

राष्ट्रपति रनिङ शिल्ड बागलुङ नगरपालिकाले जित्यो


जनमञ्च संवाददाता
  • ६ जेष्ठ २०८२ , मंगलबार

  • राष्ट्रपति रनिङ शिल्ड बागलुङ नगरपालिकाले जित्यो

    बागलुङ, ६ जेठ- बाङेचौर खेलमैदानमा सम्पन्न तेस्रो संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागलुङ नगरपालिकाले जितेको छ । २५ स्वर्ण, ६ रजत र १० कास्य पदक जितेर ४१ अंक जोडेर बागलुङ नगरपालिकाले तेस्रो संस्करणको राष्ट्रपति रनिङ शिल्ड जितेको हो । खेलमा झण्डै एक हजार विद्यार्थी सहभागी थिए ।

    यस्तै, ११ स्वर्ण, १५ रजत र ९ कास्य पदक जितेर २५ अंक जोडेको बडिगाड गाउँपालिका प्रतियोगिताको उपविजेता बनेको छ । २४ अंक जोडेर जैमिनी नगरपालिकाले तेस्रो स्थानमा चित्त बुझाएको छ । जैमिनीले ७ स्वर्ण, १० रजत र ७ कास्य पदक जितेको जिल्ला खेलकुद विकास समिति बागलुङका कार्यालय सचिव राजेश बास्कोटाले जानकारी दिए ।

    जिल्लाका दशवटै पालिकामा खेल सम्पन्न भएपनि जिल्ला स्तरीय प्रतियोगितामा बागलुङ, गलकोट, जैमिनी नगरपालिका, काठेखोला र बडिगाड गाउँपालिका गरी ५ टिम सहभागि थिए । जिल्ला स्तरीय खेल जित्ने टिमले गण्डकी प्रदेश स्तरीय खेलमा सहभागि बन्न पाउने छन् । प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी र मार्सलआर्टका खेल भएका थिए ।

    प्रतियोगितामा काठेखोला र गलकोट नगरपालिकाले समान २० अंक जोडेर चौथो भए । काठेखोलाले ३ स्वर्ण, ४ रजत र १३ कास्य पदक जित्दा गलकोट नगरपालिकाले ५ स्वर्ण, ५ रजत र कास्य पदक जित्न सफल भयो । प्रतियोगिता ढोरपाटन नगरपालिकाले एउटा पनि स्वर्ण पदक जित्न सकेन । ढोरपाटनले कराँतेमा १ स्वर्ण, ५ रजत र ५ कास्य पदक जित्यो ।

    प्रतियोगिताको आर्कषक खेलका रुपमा रहेको भलिबल खेलमा गलकोट र जैमिनीले स्वर्ण पदक जित्न सफल भएका छन् । प्रतियोगिताको विजेता टोली बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण प्रसाद कँडेलले शिल्ड प्रदान गरेका थिए । बजेट अभाव झेलिरहेको खेलकुद विकास समितिले बागलुङका स्थानीय तहहरुको सहकार्यमा प्रतियोगिता गरेको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend