९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बागलुङमा दोस्रो आदर्श कप फुटबल हुने


जनमञ्च संवाददाता
  • १५ जेष्ठ २०८२ , बिहिबार

  • बागलुङमा दोस्रो आदर्श कप फुटबल हुने

    बागलुङ, १५ जेठ-सदरमुकाम बागलुङ बजारमा दोस्रो संस्करणको आदर्श कप फुटबल प्रतियोगिता हुने भएको छ । आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबको आयोजनामा माध्यमिक शिक्षा परीक्षा (एसईई) स्तरीय दोस्रो आदर्श कप पुरुष तथा महिला फुटबल हुन लागेको हो ।
    भोलि बिहिबारदेखि जेठ २१ गतेसम्म बाङेचौर खेलमैदानमा चल्ने प्रतियोगितामा पुरुषतर्फ सोह्र र महिलातर्फ सात विद्यालयले सहभागिता जनाउने आयोजक आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबका अध्यक्ष राजेश केसीले जानकारी दिए । क्लबको आयोजनामा जिल्लामा पहिलोपटक महिला फुटबल प्रतियोगिता हुन लागेको हो । बुधबार एक कार्यक्रमबीच प्रतियोगिताको ट्रफी समेत सार्वजनिक गरिएको छ ।
    प्रतियोगिताको पुरुषतर्फ विजेता टोलीले आदर्श कपसहित नगद ७५ हजार रुपियाँ प्राप्त गर्ने छ भने उपविजेता टोलीले ३७ हजार रुपियाँ प्राप्त गर्ने छ । यस्तै महिलातर्फको विजेता टोलीले दोस्रो आदर्श कपसहित नगद ३० हजार र उपविजेता टोलीले १५ हजार रुपियाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष केसीले बताए ।
    प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडि, मिडफिल्डर, उच्च गोलकर्ता, गोलरक्षक, र उत्कृष्ट फरवार्डसंगै अनुशासित टोलीलाई नगदसहित पुरस्ककृत गरिनेछ । प्रतियोगिता संचालनको लागि सात लाख रुपियाँ खर्च हुने आयोजकको अनुमान छ । विद्यालय तलका विद्यार्थीहरुको प्रतिभा पहिचान गर्न प्रतियोगिता आयोजना गरिएको बताउँदै सह–आयोजक समेत रहेको आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका प्रिन्सिपल भूपेन्द्रले केसीले खेलकुदको विकासका लागि सामाजिक अगुवाहरुले चासो देखाउनुपर्ने आवश्यकता औल्याए ।
    कार्यक्रममा बोल्दै जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारीले मोफसलको फुटबल विकासमा निजी विद्यालय र क्लबहरुले महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्दै प्रतियोगिताका लागि आवश्यक प्राविधिक सहयोगको प्रतिवद्वता जनाएका छन् ।
    यस्तै पत्रकार महासंघ बागलुङ शाखाका सह–सचिव नवराज परियारले खेलकुदको विकासमा आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबले खेलको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि रचनात्मक गतिविधिलाई निरन्तरता दिन आग्रह गरेका थिए । क्लबका अध्यक्ष राजेश केसीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा शिषक युनिस मियाँले स्वागत र संचालन शिक्षक कमल रेग्मीले गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend