१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

प्रेस युनियनको स्थापना दिवसमा मैत्रीपुर्ण फुटसल


ढोरपाटन संवाददाता
  • १५ जेष्ठ २०८२ , बिहिबार

  • प्रेस युनियनको स्थापना दिवसमा मैत्रीपुर्ण फुटसल

    बागलुङ, १५ जेठ- नेपाल प्रेस युनियनले आफ्नो स्थापना दिवशको अबसरमा बुधवार मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न गरेको छ ।
    नेपाल पत्रकार महासंघ र पेशागत संगठनका प्रतिनिधि समेतको सहभागितामा युनियनले मैत्रीपूर्ण फुटसल आयोजना गरेको हो । खेलका सहभागिलाई नेपाली कांग्रेस बागलुङका सचिव तथा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले ट्रफी बितरण गरेका थिए ।

    उक्त अबसरमा शर्माले आम नागरिक सूसूचित हुन पाउने अधिकारकालागि पत्रकारले गरेका क्रियाकलाप उल्लेख्य रहेको बताए । साथै जिल्लाको बिकास निर्माणमा पनि चासो राखेर ढीलासुस्तीमा खवरदारी गर्ने, राम्रा कामको प्रचार गर्ने गरेको बताए । अझै कतिपय बिषयमा खोजी गरेर बिषयहरु उजागर गर्नपनि सुझाए ।
    मैत्रीपूर्ण फुटसलले भातृत्वको विकास गरेको, स्वास्थ्यकालागि पनि उपयोगी भएको युनियनका अध्यक्ष संगम घर्ती मगरले बताए । युनियनका सचिव डम्बर बुढाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend