९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमाले नेता महेश बस्नेतलाई पक्राउ गर्ने तयारीमा प्रहरी


जनमञ्च संवाददाता
  • १३ असोज २०८२ , सोमबार

  • एमाले नेता महेश बस्नेतलाई पक्राउ गर्ने तयारीमा प्रहरी

    काठमाडौं / नेकपा (एमाले) नेता महेश बस्नेतलाई प्रहरीले पक्राउको तयारी गरेको छ । आइतबार नै पक्राउको तयारी गरेको भएपनि अनुकुल वातावरण नभएकाले रोकिएको अहिले यसको तयारी भएको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार आइतबार साँझ नै बस्नेतलाई पक्राउको तयारी भएको थियो । बस्नेत विरूद्धको साइबर अपराधमा उजुरी परेको र त्यसको आधारमा पक्राउको तयारी भएको हो ।

    जानुका पाठक (शोभा)ले बस्नेत विरुद्ध सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीलाई प्रहरीले व्यूताएर पक्राउको तयारी थालेको हो । यसअघि प्रहरीले जाहेरीमाथि थप अनुसन्धान गर्न निरर्थक हुने भन्दै तामेलीमा राख्न जिल्ला सरकारी वकिल कार्यालयमा पत्र पठाएको थियो ।

    जिल्ला सरकारी वकिल कार्यालयले बस्नेतले फेसबुकमा ‘नेपालको राजनीतिमा एउटा भालु पछिल्लो अवस्थामा जहाँ पनि छरपस्ट बौलाउँदै हिँडिरहेको छ’ भनेर अमूर्त ढङ्गले अमर्यादित रूपमा भालु शब्द लेखेकोमा कसलाई, कुन प्रयोजनका लागि लेखिएको हो सो खुलाउन भनिएको छ  । प्रहरीले यसको तयारी गरेको संकेत स्वंय बस्नेतले पनि जानकारी पाइसकेका छन् । केही दिनदेखि गृहमन्त्रलायले बस्नेतको गतिविधिप्रति निगरानी राखेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend