८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

साढे २ अर्ब खर्च कटौती गरेर पुनर्निर्माणमा


जनमञ्च संवाददाता
  • २० कार्तिक २०८२ , बिहिबार

  • साढे २ अर्ब खर्च कटौती गरेर पुनर्निर्माणमा

    पोखरा / गण्डकी प्रदेश सरकारले जेन–जी आन्दोलनको क्रममा क्षति भएका भौतिक संरचना पुनर्निर्माण गर्न चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट करिब साढे २ अर्ब रुपैयाँ बजेट कटौती गर्ने तयारी गरेको छ ।

    गत कात्तिक ११ मा बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन बिदा, सवारी खरिद, भ्रमणसहित चालु शीर्षक विनियोजित बजेट आंशिक तथा पूर्ण कटौती गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार सफ्टवेयर खरिद खर्च ८० प्रतिशत, अनुगमन–मूल्यांकन, भ्रमण र पत्रपत्रिका खर्च ५०-५० प्रतिशत, मसलन्द र विविध २५-२५ प्रतिशत, इन्धन र सवारी मर्मत खर्च २०-२० प्रतिशत कटौती गरिने आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले बताए ।

    क्षति नभएका मन्त्रालयमा रहेको सार्वजनिक सम्पत्ति मर्मत शीर्षकको ५०-५० प्रतिशत बजेट कटौती गर्ने सरकारको योजना छ । जेनजी आन्दोलनको क्रममा गण्डकीको भौतिक, स्वास्थ्य र कृषि मन्त्रालयमा भौतिक क्षति भएको छैन । जलेर क्षति भएकालाई उपलब्ध गराउनबाहेक अन्यको हकमा नयाँ सवारी खरिद नगरिने उनले बताए ।

    स्वास्थ्यबाहेक अन्य मन्त्रालयले कुनै नयाँ मेसिनरी सामग्री खरिद नगर्ने र क्षति भएकाबाहेक अन्य मन्त्रालय-कार्यालयले फर्निचर पनि नकिन्ने उनले सुनाए । यसरी चालु खर्च कटौती गर्दा २ अर्ब रुपैयाँ बचत हुने सरकारको अनुमान छ । ‘आन्दोलनको क्रममा प्रदेश सरकारलाई २ अर्ब जति क्षति भएको छ । चालु खर्च कटौती गर्दा त्यति नै बचत हुन्छ भन्ने अनुमान छ,’ मन्त्री गुरुङले सुनाए, ‘सकारात्मक पाटो हामीले जनतासँग जोडिने विकाससम्बन्धी कुनै बजेट काट्ने छैनौं ।’

    प्रदेश सरकारले गत साउनमा ९ वटा कार्यालय खारेज, ३२ कार्यालयलाई गाभेर १७ मा सीमित गर्ने र १ सय ८५ पद कटौती गर्ने गरी प्रशानिक पुनर्संरचनाको निर्णय गरेको थियो । यसबाट ५० करोड गरेर साढे २ अर्ब रुपैयाँ बचत हुने र त्यसलाई पुनःर्निर्माणमा खर्च गर्ने योजना सरकारको रहेको उनले सुनाए ।

    गण्डकी सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार र पुँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ विनियोजन गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend