३१ भाद्र २०८३ , बुधबार

३१ भाद्र २०८३ , बुधबार
  • ३१ भाद्र २०८३ , बुधबार
  • September 16 2026

समानुपातिकतर्फ एमालेका १२ जना सिफारिस


जनमञ्च संवाददाता
  • २१ भाद्र २०७९ , मंगलबार

  • समानुपातिकतर्फ एमालेका १२ जना सिफारिस

    बागलुङ, २१ भदौ– आगामी निर्वाचनका लागि नेकपा एमाले बागलुङका तर्फबाट ३० जना उमेदवार समानुपातिकतर्फ सिफारिस भएका छन् ।
    मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनअन्तरगत बागलुङबाट समानुपातिकतर्फ ३० जनाको नाम सिफरिस गरेको हो । संघतर्फ ९ र प्रदेशतर्फ २१ जनाको नाम सिफारिस गरिएको कार्यालय सचिव अमरबहादुर थापाले जानकारी दिए ।
    संघको खस आर्य महिलातर्फ ममतादेवि शर्मा उपाध्याय, उषा पौडेल, पुरुषतर्फ शिवप्रसाद सापकोटा, कृष्णबहादुर केसी, जनजाती पुरुषतर्फ सम्पन्न श्रेष्ठ, सञ्जयकुमार श्रेष्ठ, भिमबहादुर शेरचन सुनिल तथा दलिततर्फ तिलबहादुर बिश्वकर्मा र बावुराम नेपालीको नाम सिफारिस भएको थापाले बताए ।
    प्रदेशसभा खस आर्य महिलातर्फ भिमा अधिकारी, यमुनादेवि पौडेल, गीता शर्मा, रत्ना भण्डारी, हुमाकुमारी जिसी अञ्जु, रुपाकुमारी पौडेल, पुरुषतर्फ धनिश्वर पौडेल, बिश्व गौतम, टेकबहादुर खत्री, मोहनलाल शर्मा र कृष्ण पाठकको नाम सिफारिस भएको छ ।
    जनजाती महिलातर्फ बिनाकुमारी थापा, करमति पुन, पुरुषतर्फ लिलबहादुर थापा, अमरसिंह घर्ती, धनप्रसाद बुढा, लालचन लोप्चन, दलित महिलातर्फ सरस्वती खड्का परियार, छेला नेपाली तथा दलित पुरुषतर्फ तिलबहादुर कामी र गोविन्द नेपालीको नाम सिफारिस भएको थापाले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend