१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

पेचिलो बन्दै बागलुङमा चुनावी तालमेल


राम थापा ‘अविरल’
  • ३१ भाद्र २०७९ , शुक्रबार

  • पेचिलो बन्दै बागलुङमा चुनावी तालमेल

    बागलुङ, ३१ वैशाख– सिट बाँडफाँटमा बागलुङ १ नछाड्ने राष्ट्रिय जनमोर्चाको अडानले जिल्ला तहमा गठबन्धन कसरी अघि बढ्ला भन्ने चासो थपिदिएको छ । गठबन्धनको सबैभन्दा सानो दल जनमोर्चाले प्रतिनिधिसभा क्षेत्र नं. १ को उम्मेदवारमा अध्यक्ष चित्रबहादुर केसीलाई अघि सारेको छ ।
    बागलुङ केसीको गृहजिल्ला हो । संघतर्फ बागलुङ–१ सँगै प्यूठानमा जनमोर्चाको दाबी छ । प्रदेशमा पनि बागलुङको एउटा सिट आफूले पाउनुपर्ने जनमोर्चाको प्रस्ताव छ । २०७४ को चुनावमा वाम गठबन्धन गरेर चुनाव लडेको जनमोर्चाले बागलुङबाट प्रदेशका दुई सिट जितेको थियो ।
    तत्कालीन चुनावमा बागलुङका सबै सिट गुमाएको सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेस अहिले विरासत फर्काउने सुरमा छ । दोस्रो संविधानसभा चुनावमा जिल्लाका तीनै सिट जितेको काँग्रेसले २०७४ को चुनावमा नमिठो हार व्यहोर्नुपरेको थियो ।
    वाम तालमेलबाट गत चुनावमा बागलुङ–२ र बागलुङ–२ (क) मा विजयी बनेको नेकपा माओवादी केन्द्र अहिले पनि गठबन्धनमार्फत त्यही नतिजा दोहोराउन चाहन्छ । गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादीले पनि प्रदेशको एउटा सिटमा दाबी गरिरहेको छ ।
    जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शंकर बरालले आफूहरुले संघसँगै प्रदेशको एउटा सिट पनि बागलुङबाटै पाउनुपर्ने बताए । ‘बागलुङ–१ मा अध्यक्ष केसीलाई उठाउने पार्टी केन्द्रकै निर्णय हो, प्रदेशमा पनि बागलुङबाट एउटा सिट अनिवार्य चाहिन्छ, हाम्रो यही अडान छ’, बरालले भने ।
    गत वैशाखमा भएको स्थानीय तह चुनावमा अहिलेकै गठबन्धनमार्फत उसले दुईटा पालिका जितेको थियो । ति पालिका बागलुङ–१ मा पर्छन् जहाँबाट अहिले जनमोर्चाका अध्यक्ष केसी चुनाव लड्न चाहिरहेका छन् । जनाधार, शक्ति सन्तुलन, विगत चुनावको परिणाम आदिलाई हेरेर बागलुङ–१ मा दाबी गरिएको जनमोर्चाले जनाएको छ ।
    यता नेपाली काँग्रेसका जिल्ला सचिव हरिहर शर्माले गठबन्धनभित्र काँग्रेस र अरु दलमा ६०÷४० को आधारमा सिट बाँडफाँट गरिनुपर्ने बताए । गत स्थानीय तह चुनावमा पनि सोही आधारमा गठबन्धन गरिएको उनले सुनाए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend