९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

स्वच्छ आमा कार्यक्रमले स्वास्थ्य संस्थामै सुत्केरी हुने बढे


जनमञ्च संवाददाता
  • २० असोज २०७९ , बिहिबार

  • स्वच्छ आमा कार्यक्रमले स्वास्थ्य संस्थामै सुत्केरी हुने बढे

    बागलुङ, २० असोज– पहिलो बच्चा घरमै जन्माएकी गलकोट नगरपालिका वडा नम्बर ३ कि गोमा अर्गेजाले दोस्रो सन्तान स्वास्थ्य चौकीमा जन्माइन् । उनले चारपल्ट गर्भ परीक्षण पनि स्वास्थ्य संस्थामै गरिन् ।
    फलस्वरूप उनले सरकारले दिने २ हजार रुपैयाँसहित गलकोट नगरपालिकाले स्वच्छ आमाका लागि दिने ४ हजार ६ सय रुपैयाँसमेत बुझ्न पाइन । ज्यालामजदुरी गरेर खाने अर्गेजालाई काम गर्न नसक्दा पोषिलो खाने पैसा प्राप्त भयो ।
    भिडियो एक्सरे सेवादेखि सुत्केरी प्रोत्साहन भत्ताले गलकोटमा होम डेलिभरी शून्य भएको छ । हटिया स्वास्थ्य चौकीका प्रमुख दिलु सुवेदीका अनुसार अन्य सेवा लिनेको पनि संख्या बढेको छ । हटियामा मात्र नभई गलकोट नगरपालिकाको ११ वटै वडामा दुई वर्षयता घरमा सुत्केरी कोही पनि नभएको सुवेदीले जानकारी दिए ।
    गलकोट नगरपालिकाले सबै वडामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी बनाएको छ । हटिया स्वास्थ्य चौकीमा चौबीस घण्टा सुत्केरी सेवासहित प्रयोगशालाको पनि व्यवस्था छ । रगत, दिसापिसाब र अन्य रोगको पनि परीक्षण हुन थालेपछि पोखरा धाउनुपर्ने बाध्यता हटेको गलकोट नगरपालिका वडा नम्बर ७ की लक्ष्मी थापाले बताए ।
    हटिया स्वास्थ्य चौकीमा मात्रै हरेक वर्ष २ सय ५० बढीले सुत्केरी सेवा लिने गरेका छन् । हरिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रूपमा विकास गरिएको छ । चौकीमा वर्षमा १ सय ५० बढीले सुत्केरी सेवा लिएका छन् भने अन्य स्वास्थ्य चौकीमा पनि ३० देखि ५० जनासम्मले सेवा लिएको मल्म स्वास्थ्य चौकीका प्रमुख अनिता कार्कीले बताए ।
    ‘जटिल प्रकारका समस्या भएमात्रै हामीले अन्यत्र रेफर गर्छौं, नत्र ल्याब परीक्षणसमेत गलकोटमै हुने भएपछि समस्या परेको छैन’ कार्कीले भने । पहिलो, दोस्रो र तेस्रो पटक गर्भ परीक्षणपछि केहीले भने स्वैच्छिक रूपमा पोखरा वा अन्य सहरी क्षेत्रमा पुगेर पनि सुत्केरी बनेको वडा नम्बर ७ का अध्यक्ष राजबहादुर थापाले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend