१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

मुस्ताङमा तीन र म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता


जनमञ्च संवाददाता
  • २६ असोज २०७९ , बुधबार

  • मुस्ताङमा तीन र म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता
    फाईल तस्बीर

    म्याग्दी, २६ असोज – गठबन्धनको सहमतिविपरीत म्याग्दी निर्वाचन क्षेत्रको प्रदेश निर्वाचन क्षेत्र १ मा उम्मेदवारी दर्ता गराएका कांग्रेसका नेत्र महतले बुधबार उम्मेदवारी फिर्ता गरेका छन् ।

    प्रदेश क्षेत्र १ मा माओवादी केन्द्रका हरि भण्डारी सँगै उम्मेदवार दिएका कांग्रेसका पुराना नेता महतले पार्टी निर्देशनअनुसार उम्मेदवारी फिर्ता गरेको बताए ।

    ‘गठबन्धनमा प्रदेश १ क्षेत्रमा उम्मेदवारी सर्वसम्मत भएको थिएन । नेकपा एकीकृत समाजवादीबाट पनि उम्मेदवारी पर्ने देखिएकोले आवश्यक परेमा सन्तुलन मिलाउनमात्र मैले उम्मेदवारी दिएका हुँ । अब म पार्टीको निर्देशनबमोजिम नै चुनावमा खटिन्छु ।’

    महतको उम्मेदवारी फिर्ता भएपछि प्रदेश क्षेत्र १ मा एमालेका देवेन्द्रबहादुर कटुवाल, गठबन्धनबाट माओवादी केन्द्रका हरिबहादुर भण्डारी, राप्रपाबाट प्रवीण शाही, मंगोलबाट दीपक पुन, राप्रपा नेपालबाट दुत गिरीको मात्र उम्मेदवारी कायम भएको छ ।

    त्यसैगरी प्रदेशसभा क्षेत्र २ मा एमालेका यामबहादुर गर्बुजा, गठबन्धनबाट माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली, राप्रपाबाट मीठुकुमारी थापा, राप्रपा नेपालबाट झलकबहादुर बानियाँ र मंगोलबाट डेकबहादुर पुन र देवेन्द्र पुनको स्वतन्त्र उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    त्यसैगरी. एकमात्र म्याग्दी निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा ८ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधीसभा सदस्यमा एमालेका हरिकृष्ण श्रेष्ठ, गठबन्धनबाट कांग्रेसका खमबहादुर गर्बुजा, राप्रपाबाट जगतप्रसाद गौचन, मंगोल नेशनल अर्गनाईजेसनबाट ओमराज मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिबहादुर खत्री, नेशनलिष्ट पिपुल पार्टीबाट विष्णु घिमिरेको उम्मेदवारी कायम भएको छ ।

    त्यस्तै प्रतिनिधिसभा निर्वाचनमा नविन जिसी, खिलबहादुर बरुवाल र विनोद भट्टचन गरी तीन जनाले स्वतन्त्रमा दिएको उम्मेदवारी पनि कायम भएको छ । प्रतिनिधिसभामा ९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहने छन् ।

    त्यसैगरी मुस्ताङमा प्रतिनिधिसभातर्फ तीन जना र प्रदेशसभा क्षेत्र २ का एक जनाको उम्मेदवारी फिर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीका अनुसार प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका राप्रपाका मानबहादुर बिक, स्वतन्त्र उम्मेदवारी दिएका सुरज लालचन र सुरेन्द्र शेरचनले उम्मेदवारी फिर्ता गरेका हुन् ।

    मुस्ताङमा प्रतिनिधिसभातर्फ एमालेका प्रेमप्रसाद तुलाचन, गठबन्धनबाट कांग्रेसका योगेश शेरचन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुदेश गुरुङ, राप्रपा नेपालका प्रवीण गुरुङको मात्र उम्मेदवारी कायम छ ।

    त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र २ बाट उम्मेदवारी दिएका राप्रपा नेपालका जेम्स हिराचनले उम्मेदवारी फिर्ता लिएका छन् । यो क्षेत्रमा एमालेका चन्द्रमोहन थकाली, गठवन्धनबाट कांग्रेसका विकल शेरचनबीच मात्र प्रतिस्पर्धा हुने छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ मा एमालेका इन्द्रधारा विष्ट, गठबन्धनबाट कांग्रेसका नम्दु गुरुङ र राप्रपा नेपालका कर्मा गुरुङको उम्मेदवारी कायम भएको छ ।

    मुस्ताङमा पूर्ववाणज्यि तथा आपूर्तीमन्त्री रोमी गौचन थकालीका छोरा योगेश गौचन थकालीले प्रतनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । २०७० सालको प्रतनिधिसभा निर्वाचन जितेर मन्त्री बनेका गौचन २०७४ सालको प्रतनिधिसभा सदस्य निर्वाचनमा भने एमालेका उम्मेदवारसँग झिनो मतान्तरले पराजित भएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend