९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

रोटरीले दियो अस्पताल र मन्दिरलाई ह्वील चियर


जनमञ्च संवाददाता
  • २७ असोज २०७९ , बिहिबार

  • रोटरीले दियो अस्पताल र मन्दिरलाई ह्वील चियर

    बागलुङ, २७ असोज– रोटरी क्लब अफ बागलुङले १७ औँ स्थापना दिवसको अवसरमा यहाँ रहेको प्रसिद्ध बागलुङ कालिका मन्दिर र धौलागिरी अस्पताललाई ह्वील चियर हस्तान्तरण गरेको छ । अस्पताल र मन्दिरसहित रोटरीले छ वटा ह्वील चियर वितरण गरेको हो ।
    क्लबले धौलागिरि अस्पतालमा दुई, कालिका भगवती मन्दिरमा दुई, तमानखोला गाउँपालिकाका भिम प्रसाद छन्त्याल र बागलुङ नगरपालिका–१३ का डल्ले सार्कीलाई जनही एक÷एक रोटरी हस्तान्तरण गरेको अध्यक्ष नारायण पौडेलले बताए ।
    अस्पतालमा आउने बिरामी, मन्दिरमा आउने हिंड्न नसक्ने भक्तजनलाई यात्रामा सहजता थप्न ह्वील चियर प्रदान गरेको रोटरी क्लव अफ बागलुङका अध्यक्ष पौडेलले बताए । रोटरीले सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।
    कार्यक्रममा बोल्दै रोटरी क्लबका डिस्टिक चियर पर्सन रविन्द्र पियाँले रोटरीमा आबद्ध हुने व्यक्ति सामाजिक र उद्यमी बन्नुपर्नेमा जोडदिए । मन, बचन र कर्मले प्रतिबद्ध व्यक्तिमात्रै सामाजिक संस्थामा आबद्ध र क्रियाशिल हुने सक्ने उनको भनाई थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend