९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मतदान र सुरक्षा व्यवस्थापन तयारी पूरा


जनमञ्च संवाददाता
  • ३ मंसिर २०७९ , शनिबार

  • मतदान र सुरक्षा व्यवस्थापन तयारी पूरा

    बागलुङ, ३ मंसिर– मंसिर ४ गतेको निर्वाचनका लागि शुक्रबार बागलुङका सबै मतदान केन्द्रमा सर्वदलीय बैठक बसेका छन् । बैठकले शान्तिपूर्ण रुपमा मतदान गर्न सहयोग गर्ने निर्णय गरेको मतदान अधिकृतहरुले बताएका छन् ।
    हरेक केन्द्रको ३ सय मीटर वरपर प्रचार सामाग्री नराख्ने, मदिराजन्य बस्तु बिक्रीबितरण नगर्ने लगायतका निर्णयसमेत भएको मतदान अधिकृत सूर्यबहादुर बिकले बताए । उनी कालीका कन्या माबि मतदान केन्द्रका अधिकृत हुन् ।
    सर्वदलीय बैठकमा मतदानका लागि आँफै जानुपर्ने, असक्त भएमा इच्छाएको व्यक्ति वा एकाघरको व्यक्तिलाई दिने लगायतका बिषयमा पनि राजनीतिक सहमति कायम भएका छन् । राजनीतिक दलका एजेण्टले स्विकृत गरेपछि मतदान अधिकृतले त्यस्ता व्यक्तिलाई मतपत्र दिने गर्छन् ।
    जिल्लाका १ सय ६ स्थलमै बैठक बसेर निर्वाचनको तयारी भैसकेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिए । शनिकार मतदानका लागि बुथ निर्माण हुनेछ । कतिपय स्थानमा शुक्रकारै निर्माण भैसकेको समेत जानकारी उनले दिए । यो पटक स्थानीय निर्वाचनको भन्दा केही फरक र धेरै बाकस राख्नुपर्दा सुरक्षा चुनौती देखिएकोले सोही अनुसार सुरक्षा व्यवस्था चुस्त बनाउने निर्णयसमेत भएको ढकालले जानकारी दिए ।
    गत निर्वाचनहरुमा भएका घटनाको प्रकृतिको आधारमा सुरक्षित र असुरक्षित मानिने केन्द्र भएपनि यो पटक व्यवस्थापकीय दृष्टीले समेत चुनौती भएकोले सोही अनुसार सुरक्षाकर्मी व्यवस्थापन भएको ढकालको भनाइ थियो ।
    ‘कुनै स्थानमा हुन सक्ने राजनीतिक गतिविधिले सुरक्षा चाहिन्छ भने कतिपय स्थानमा निर्वाचन बहिस्कार गर्ने समूहले पार्ने असर प्रधान हुन्छ’ एक अधिकारीले भने भने, ‘यो पटक बढी समस्या व्यवस्थापनमै हो ।’ं निर्वाचनमा बहिस्कार गर्ने शक्तीप्रति पनि सुरक्षा केन्द्रीत हुने उनले बताए । केही समयअघि बागलुङ प्रहरीले निर्वाचन बिरोधी समूहका केही सदस्य पक्राउ गरेर पछि छाडेको थियो । नेकपा बहुमत र नेकपा मशालले निर्वाचन बहिस्कारको तयारी गरेका छन् ।
    आइतबार बागलुङ क्षेत्र नंं १ मा ९६ हजार ६ सय र क्षेत्र नंं २ मा ९५ हजार ६ सय मतदाताले मंसिर ४ गते मतदान गर्नेछन् । गत स्थानीय निर्वाचनमा १३ प्रतिशत मत बदर भएको थियो । यो पटक भने कम मत बदर हुने आंकलन छ । निर्वाचनमा बागलुङका बिभिन्न दल तथा स्वतन्त्र गरी ३१ ज्ना उमेदवारले प्रतिष्पर्धा गर्दैछन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend