बाग्लुङ, ६ मंसिर– बाग्लुङ निर्वाचन क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले जारी मतगणनामा अग्रता कायमै राखेका छन् । केसीले एक हजार नौ सय ८५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याईरहेका नेकपा (एमाले)का उम्मेदवार डा. सूर्यप्रसाद पाठकले एक हजार सात सय ५५ मत प्राप्त गरेका छन् ।
बिहान ३ः३० बजेसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ सय ११, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले ७०, नेपाली कांग्रेस विपीका शिवलाल सापकोटाले तीन र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले १३ मत प्राप्त गरेका छन् । हालसम्म एक सय ८० मत बदर भएको छ ।