बागलुङ, ७ मंसिर– बागलुङ निर्वाचन क्षेत्र नं १ मा गठबन्धनका उमेदवार चित्रबहादुर केसी र नेकपा एमालेका उम्मेदवार डा. सूर्य पाठकको चुनावी प्रतिष्पर्धा रोचक मोडमा पुगेको छ । मतगणना लगभग अन्तिम चरणमा पुगिरहेका बेला अग्रता बढाउने र मतान्तर घटाउने होड चलेको छ ।
मंगलबार रातीसम्म अग्रता कायम गरेका एमालेका पाठक बुधबार बिहानसम्ममा करिब २ हजारको मतले केसीसंग तल झरे । आज बिहान भएको मतगणनाको नतिजा अनुसार एमालेका पाठकले केसीसंग मतान्तर घटाएका छन् ।
पछिल्लो विवरण अनुसार गठबन्धनका केसीले १३ हजार ६ सय १४ मत प्राप्त गर्दा उनलाई पछ्याईरहेका एमालेका पाठकले १२ हजार ७ सय १६ प्राप्त गरेका छन् । केसी र पाठकबीच ८ सय ९८ मतान्तर रहेको छ ।