बागलुङ, ७ मंसिर– बागलुङ निर्वाचन क्षेत्र नं १ मा गठबन्धनका उमेदवार चित्रबहादुर केसी र नेकपा एमालेका उम्मेदवार डा. सूर्य पाठकबीच रोचक प्रतिष्पर्धा चलिरहेको छ । पछिल्लो मतगणनाको नतिजा अनुसार गठबन्धनका उम्मेदवार केसीले १६ हजार ७ सय २२ मत प्राप्त गरेका छन्भने उनका निकतम् प्रतिद्वन्द्वी एमालेका पाठकले १५ हजार ८० मत प्राप्त गरेका छन् । केसी पाठकभन्दा १६ सय ४१ मतले अघि छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ६ हजार ४ सय ३१ मत प्राप्त गरेका छन् । बागलुङ नगरपालिका वडा नं. १०, ११, काठेखोला गाउँपालिका वडा नं. ५, ६, ७, ८ र जैमिनी नगरपालिकाका वडा नं. १, २, ३, ४ र ५ वडाको मत गणना बाँकी रहेको छ ।