९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

जसले जमानत समेत जोगाउन सकेनन् !


जनमञ्च संवाददाता
  • ९ मंसिर २०७९ , शुक्रबार

  • जसले जमानत समेत जोगाउन सकेनन् !

    बागलुङ, ९ मंसिर– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ बाट उमेद्वार बनेका ३ जनाको जमानत जफत भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेद्वार लक्ष्मी प्रसाद सापकोटा, नेपाली कांग्रेस बिपीका उमेद्वार शिवलाल सापकोटा र स्वतन्त्र उमेद्वार चन्द्र बहादुर क्षेत्रीको जमानत जफत भएको हो ।
    उनीहरुले क्षेत्र नं. १ मा बदर मतभन्दा आधा कम मत पाएका छन् । एक हजार ७ सय १४ मदर मत रहेको यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेद्वार सापकोटाले ९ सय ३, कांग्रेस बिपीका उमेद्वार शिवलाल सापकोटाले १ सय २५ र स्वतन्त्र उमेद्वार चन्द्र बहादुर क्षेत्रीले १ सय ९३ मत मात्रै पाएका छन् । यो क्षेत्रमा ५४ हजार ७ सय ११ मत खसेको थियो । त्यो मध्ये ५२ हजार ८ सय ७० मत सदर भएको छ । निर्वाचन आयोगले कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारहरूको जमानत जफत गर्छ ।
    बागलुङ क्षेत्र नं. १ प्रदेसभा ‘क’ र ‘ख’मा गरी पाँच जनाको जमानत जफत भएको छ । प्रदेशसभाका दुवै क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेद्वारले जमानत जोगाउन सकेनन् । प्रदेशसभा ‘क’मा राप्रपाका डिल्लीराम आचार्यले एक हजार ५ सय ५० मत मात्रै पाएभने गितार चिन्ह लिएर चुनाव लडेका भक्तबहादुर बिकले ३ सय ६ मत पाए । स्वतन्त्र उमेद्वार दिपेन्द्र हमालले १४७ मत मात्रै पाएका छन् । उनीहरु सबैको जमानत जफत भएको छ । यो क्षेत्रमा २८ हजार १ सय ९३ मत सदर हुँदा ६ सय ३२ मत बदर भएको छ ।
    प्रदेशसभा ‘ख’मा राप्रपाका गोबिन्द सापकोटाले ६ सय ३० मत पाएका छन् । नेशनल मंगोल अर्गनाईजेसनका सहविर थापाले २ सय ५५ मत मात्रै पाए । यो क्षेत्रमा २१ हजार ४ सय ६४ मत सदर हुँदा ५ सय ७५ मत बदर भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend