९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

संसद खिचडी बन्ने भो : राजमो अध्यक्ष केसी


जनमञ्च संवाददाता
  • १० मंसिर २०७९ , शनिबार

  • संसद खिचडी बन्ने भो : राजमो अध्यक्ष केसी
    hgdf]rf{ cWoIf s];L afun'ª, @# c;f]h . dªl;/ $ ut] x'g uO/x]sf] k|ltlglw;ef ;b:o lgjf{rgdf ;Qf?9 u7aGwgsf tkm{af6 afun'ª–! df cfOtaf/ pDd]bjf/L btf{sf qmddf d'Vo lgjf{rg clws[tsf] sfof{nodf pkl:yt /fli6«o hgdf]rf{sf cWoIf lrqaxfb'/ s];L . tl:a/ M /fdaxfb'/ yfkf, /f;;

    बागलुङ, १० मंसिर– राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा बागलुङ क्षेत्र नं. १ का नवनिर्वाचित सांसद चित्रबहादुर केसीले निर्वाचन परिणामले अस्थिरतको जग बसालेको बताएका छन् । गत मंसिर चार गते सम्पन्न निर्वाचनमा कुनै एक दलले बहुमत ल्याउनुपर्नेमा त्यसो नहुँदा संघीय संसद खिचडी बन्ने उनको भनाई थियो ।
    ‘संसद खिचडी हुँदा सरकार स्थिर हुँदैन्, अस्थिरताले देशको विकासमा बाधा पु¥याउँछ’ केसीले भने ‘दलहरु परिपक्क नभएका कारण देशमा लोकतन्त्रले जरो गाँड्न अझै पाएन् ।’ दलहरुले जनता र राष्ट्रको स्वार्थभन्दा व्यक्तिगत, पार्टीगत र गुटगत स्वार्थ हेर्ने गरेका कारण अहिलेको परिणाम आएको केसीको टिप्पणी थियो । उनले दलहरु जनताप्रति उत्तरदायी नबन्ने बेलासम्म लोकतन्त्र सधैं धरापमै रहने बताए ।
    मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले निर्वाचित भएको प्रमाणपत्र वितरण गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै केसीले जितेर जानेहरुको स्वार्थका कारण अहिले जनतामा बितृष्णा देखिएको बताए ।
    ‘यहाँ जनताले बुझेनन्, सबै काम सांसदले गर्ने हो भनेर प्रचार गरियो, तर सांसदको काम विकास गर्ने होईन, बिधि बनाउने हो’ केसीले भने ‘जबसम्म जनताले दलका कार्यक्रम र नीति हेरेर मत दिँदैनन् तबसम्म जनतासँग दल तथा नेताहरु डराउँदैनन् ।’
    बागलुङ क्षेत्र नं. १ ‘क’बाट निर्वाचित प्रदेशसभा सदस्य दिपेन्द्र बहादुर थापाले निस्वार्थ भएर पाँच बर्ष जनताको काम गर्ने बताए । जनचाहना अनुसार काम नगरे पाँच बर्षपछि जनताले परिवर्तन गरिदिने भएकाले जनचाहना पुरा गर्न लागिरहने बताए ।
    बागलुङ क्षेत्र नं. १ ‘ख’बाट निवाचित प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले बागलुङ जिल्लाको सन्दर्भमा देशभरीबाट आउने प्रश्नको जवाफ दिनेगरी शान्तिपूर्ण हिसाबमा चुनाव सम्पन्न भएको बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend