९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

लैंगिक हिंसा रोक्न शहरदेखि गाउँसम्म बारको कानूनी साक्षरता अभियान


जनमञ्च संवाददाता
  • १० मंसिर २०७९ , शनिबार

  • लैंगिक हिंसा रोक्न शहरदेखि गाउँसम्म बारको कानूनी साक्षरता अभियान

    बागलुङ, १० मंसिर– उच्च अदालत बागलुङ बार एसोसिएसन बागलुङले कानूनी साक्षरता संचालन गर्ने भएको छ । लैङिक हिंसा बिरुद्धको दिवश मनाउने क्रम चलिरहेको बेला बारले बिद्यालय तहका बिद्यार्थी, गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई उक्त साक्षरता कक्षा चलाउन लागेको हो ।
    समाजमा बढीरहेको लैङिक हिंसा न्युनिकरणका लागि यस्ता कक्षाले सहयोग पुग्ने बारका अध्यक्ष अखिलनाथ शर्माले बताए । सदरमुकामको बिद्यामन्दिर माबि सहितका केही बिद्यालयका बिद्यार्थीलाई पहिलो चरणको कक्षा चलाइने भएको हो । त्यसपछि बागलुङ नगरपालिकाका जनप्रतिनिधि र समुदायमा त्यस्ता कक्षा चलाईने छ ।
    काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका लगायतका पालिकामा पनि कक्षा संचालन गर्न आवस्यक जनशक्ती सहितको व्यवस्थापन भएको बारका सचिव रमेशबहादुर खड्काले बताए । ‘गाउँपालिकाले पनि माग गरेको र हिंसा बिरुद्धको अभियानको सन्देश पनि दिने गरी यो निर्णय गरेका हौं’ खड्काले भने, ‘वडा तहमा हुने कामकारवाहीबारे जनताले जान्न पाउनुपर्ने र नयाँ जनप्रतिनिधिले पनि बुझ्ने गरी साक्षरता गरिनेछ ।’
    सामान्य कामका लागि जनताले सदरमुकाम वा प्रशासनमा पुगेपछि ढिलासुस्ती हुने, काम नबनेर फर्कनु पर्ने अबस्थाको अन्त्य गर्न साक्षरता कार्यक्रम सहज हुने उनको भनाई छ । गत बर्ष बारले ताराखोलामा यस्तै कार्यक्रम गर्दा धेरै सेवाग्राहीले चुस्त सेवा पाएका थिए । कर्मचारी पनि सचेत बन्ने अबस्था आएको उनले बताए ।
    नोभेम्भर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैङिक हिंसा बिरुद्धको १६ दिने अभियानमा सम्बन्धित संस्थाले आफ्नो क्षेत्रमा काम गर्दै आएका छन् । तर ती कार्यक्रम प्रभावकारी बनाउन अधिवक्ताहरु नै खटिने तयारी भएको हो । ती स्थानमा तालिमका लागि कम्तिमा एक स्थानमा ६ जना अधिवक्ता खटिने गरी व्यवस्थापन भएको खड्काले जानकारी दिए ।
    यसैबीच बारले शुक्रबार बिहानदेखि हिंसा बिरुद्धको व्यानर टाँगेर कार्यालयमा पनि हिंसाबिरुद्ध सबै लाग्ने सन्देश दिएको छ । सबै अधिवक्ताले १६ दिनसम्म सेतो रिवन लगाउने, हिंसा बिरुद्धका अभियान चलाउने निर्णय भएको खड्काले बताए ।
    शुक्रबारै बागलुङ नगरपालिकाले पनि सोह्र दिने लैङिक हिंसा बिरुद्धको दिवशको शुभारम्भ गरेको छ । नगरपालिकाले कार्यालयमा व्यानर टाँगेर थालेको अभियानभर सेवाग्राही, कर्मचारी र जनप्रतिनिधिले सेतो रिवन लगाउने भएका छन् । अभियानबाट समाजमा लिङ्गको आधारमा हुने हिंसा अन्त्य गर्न पहल पुग्ने भन्दै नगरप्रमुख बसन्तकुमार श्रेष्ठले घर समाजबाट थालेको अभियानले देश र अन्तराष्ट्रिय तहसम्म हिंसा रोकिनुपर्ने बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend