९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

नेपालमा बालबालिकामा हुने पुड्कोपनमा उल्लेखनीय सुधार


जनमञ्च संवाददाता
  • १४ मंसिर २०७९ , बुधबार

  • नेपालमा बालबालिकामा हुने पुड्कोपनमा उल्लेखनीय सुधार

    काठमाडौं, १४ मंसिर– नेपालमा ५ वर्षभन्दा कम उमेरका बालबालिकामा हुने पुड्कोपनमा उल्लेखनीय सुधार आएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले नेपालमा ५ वर्षभन्दा कम उमेरका बालबालिकामा हुने पुड्कोपनमा सुधार आएको देखाएको हो ।
    नेपालमा हरेक पाँच वर्षमा एनडीएचएस सर्वेक्षण हुँदै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न दातृ निकायसँगको सहकार्यमा गरेको उक्त सर्वेक्षणको रिपोर्टले नेपालमा पाँच वर्षमुनिका बालबालिकाको पुड्कोपनको अवस्थामा पाँच वर्षको अवधिमा ११ प्रतिशतले कमी आएको पुष्टि गरेको हो ।
    पाँच वर्षअघिको यही सर्वेक्षणले नेपालमा पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिकामा पुड्कोपन रहेको देखाएको थियो । यही सर्वेक्षणले पाँच वर्षमा ११ प्रतिशतले पुड्कोपना हटेर २५ प्रतिशतमा झरेको देखाएको हो ।
    विगतमा नेपालमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनमा सन् २०१६ मा ३६ प्रतिशत रहेको थियो । सर्वेक्षणले पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपना कम हुँदै गएपनि हाल देखिएको २५ प्रतिशत पुड्कोपनमा सबैभन्दा धेरै कर्णालीमा रहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend