९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

गलकोटमा हात्तिपाईले रोग संक्रमण शून्य


जनमञ्च संवाददाता
  • १४ मंसिर २०७९ , बुधबार

  • गलकोटमा हात्तिपाईले रोग संक्रमण शून्य

    बागलुङ, १४ मंसिर– जिल्लाको गलकोटमा गरिएको हात्तिपाईले रोग परीक्षणमा सुन्य संक्रमण देखिएको छ । गलकोट नगरपालिका वडा नम्बर ३ हटियामा गरिएको नमुना परीक्षणका क्रममा कसैमा पनि हात्तिपाईले संक्रमण नरहेको पाईएको हो ।
    किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा र स्वास्थ्य कार्यालयले बागलुङले मंगलबार गलकोटमा तीन चरणमा ३ सय १४ जनाको रगतको नमुना लिएर परीक्षण गरेको थियो । परीक्षण गरिएकामध्ये सबैमा हात्तिपाईले रोग लाग्ने जीवाणु नदेखिएको स्वास्थ्य कार्यालय बागलुङका ल्याव टेक्निसियर डिल्ली आचार्यले जानकारी दिए ।
    वडाका बिभिन्न टोलमा पुगेर स्वास्थ्यकर्मीको समुहले रगतको नमुना लिएको थियो । ‘हामीले तीन क्लष्टरमा एक सय तीन÷एक सय तीन र एक सय ८ जनाको नमुना लिएका थियौं तर कसैमा पनि संक्रमण भएको पाइएन’ हटिया स्वास्थ्य चौकीका सिनियर अहेव दिलु प्रसाद सुवेदीले भने ‘नतिजा हाम्रो लागि सुखद हो ।’
    पटक–पटक आम औषधि सेवन अभियान सञ्चालन गर्दासमेत निवारण नभएको हात्तिपाईले रोगको अबस्थाका बिषयमा प्रारम्भिक अध्ययन गर्न गलकोट र बागलुङ नगरपालिका वडा नम्बर १४ नारायणस्थान छनोट भएको थियो ।
    बागलुङमा हात्तिपाईले रोग निवारण नभएको पाईएपछि १४ औं पटक आम औषधि सेवन अभियान सञ्चालन हुँदैछ । अभियान सञ्चालन पूर्व यसअघिका आमऔषधि सेवन अभियानको प्रभावकारिता खोजी गर्न थालिएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend