९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

१ करोड मतगणना हुँदा एमाले पहिलो


जनमञ्च संवाददाता
  • १४ मंसिर २०७९ , बुधबार

  • १ करोड मतगणना हुँदा एमाले पहिलो

    काठमाडौं, १४ मंसिर– प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार १ करोड २६ हजार लाख ९६४ मतगणना भएको छ । अब बाजुरा, स्याङ्जा-२, दोलखा र सुनसरी-३ को १ लाख मतगणना बाँकी छ ।
    अहिलेसम्मको मतगणना अनुसार एमाले पहिलो स्थानमा रहेको छ। एमालेले २६ लाख ९९ हजार७१८ मत ल्याएको छ भने कांग्रेस २५ लाख ५७ हजार ५९६ मतसहित पछ्याइरहेको छ ।
    तेस्रोमा माओवादी केन्द्र रहेको छ । माओवादीले ११ लाख ४४ हजार ६५ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९८ हजार ३२१ मतसहित पछ्याइरहेको छ ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार ७५६ मतसहित पाँचौ स्थानमा रहेको छ भने जनता समाजवादीको मत ३ लाख ९३ हजार ६६२ रहेको छ ।
    एकीकृत समाजवादीभन्दा अगाडि जनमत पार्टी रहेको छ । जनमत पार्टीको मत ३ लाख ५४ हजार ३९० मत रहँदा एकीकृत समाजवादीको मत २ लाख ८२ हजार ३५१ छ । नागरिक उन्मुक्ति पार्टीको मत भने २ लाख ५० हजार ४१९ रहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend