९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

धौलागिरि अस्पतालमा पाठेघर खसेका महिलाहरुको निशुल्क अपरेसन हुने


जनमञ्च संवाददाता
  • १७ मंसिर २०७९ , शनिबार

  • धौलागिरि अस्पतालमा पाठेघर खसेका महिलाहरुको निशुल्क अपरेसन हुने

    बागलुङ, १७ मंसिर– धौलागिरि अस्पताल बागलुङमा पाठेघर खसेका महिलाहरुको निशुल्क अपरेशन शिविर हुने भएको छ ।
    पाठेघर खसेर समस्यामा परेका महिलाहरुको स्वास्थ्य अवस्थालाई ध्यान दिदै आगामी मंसिर २१, २२ र २३ गतेसम्म निशुल्क अपरेसन शिविर हुने भएको हो । धौलागिरि अस्पतालले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि बिषेशज्ञ डाक्टरको सहभागितामा शिविर संचालन गर्न लागेको जनाएको छ ।
    महिलाहरुलाई हुने समस्यामध्ये पाठेघर खस्नु एक प्रमुख समस्या भएकाले यसको समधानका लागि गण्डकी मेडिकल अस्पतालका बिषेशज्ञ सहितको तीन जनाको टोली अपरेशसनका लागि आउने नर्सिङ अधिकृत शान्ति भण्डारीले जानकारी दिइन् ।
    शिविरका लागि नेपाल सरकारले प्रतिव्यक्ति १३ हजार रुपैयाँ छुट्टाएको र यसले नपुग्ने आँकलन गरि अस्पतालको तर्फबाट थप ७ हजार तथा यातायात खर्च स्वरुप १ हजारको व्यवस्था गरिएको भण्डारीले बताइन् ।
    अपरेशन जुनसुकै ठाउँबाट आएका महिलाहरुको लागि पनि हुने भएकाले अपरेशनका लागि स्क्रीनिङ पनि शुरु गरिएको छ । अस्पताल व्यवस्थापन समितिका सदस्य लक्ष्मी जिसी कार्कीले नेपाल सरकारले दिएको १३ हजारले महिलाहरुको पाठेघरको अप्रेशन सम्भव नभएकाले सरकारले कम्तीमा २० हजार पु¥याउनु पर्ने बताइन् ।
    सो अवसरमा अस्पतालका निमित्त प्रमुख डा. अभिषेश वाग्लेले अस्पताले दिएका सेवा सुुविधा, अस्पतालमा भर्ना हुने बिरामीको संख्या, अस्पतालमा उपलव्ध डाक्टर तथा सेवा सुविधाबारे जानकारी गराएका थिए ।
    कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद शर्मा पौडेलको अध्यक्षता र प्रशासकिय अधिकृत तेजप्रसाद निउरेको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend