स्याङ्जा, १८ मंसिर– स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । शनिबार राती सकिएको मतगणना अनुसार धनराजले ३१ हजार ४ सय ६६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८ सय ३९ मत प्राप्त गरिन् । उनीहरुबीचको मतान्तर ५ हजार ६ सय २७ रह्यो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार १ सय १३ मत पाए । १ लाख १६ हजार ६ सय ७८ मतदाता रहेको क्षेत्रमा ७० हजार १ सय ९१ मत खसेको थियो । यो क्षेत्रबाट २०७४ सालमा एमालेबाट अर्यालले कांग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठलाई झन्डै ३६ सय मतान्तरले पराजित गरेकी थिइन् ।