९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

ब्लड क्यान्सर पीडित विकको उपचारमा आर्थिक अभाव


जनमञ्च संवाददाता
  • २० मंसिर २०७९ , मंगलबार

  • ब्लड क्यान्सर पीडित विकको उपचारमा आर्थिक अभाव

    बागलुङ, २० मंसिर– जिल्लाको गलकोट नगरपालिका–११ रिघाका ३७ वर्षिय श्यामलाल विश्वकर्माको उपचारमा आर्थिक संकट भएपछि उनको परियारले सहयोगको अपिल गरेको छ ।
    सामाजिक काममा सक्रिय विश्वकर्माको तीनवर्ष अघि समेत व्लड क्यान्सरको उपचार गरिएको थियो । २०७६ सालमा विश्वकर्मालाई थकाई लाग्ने, खान मन नलाग्ने र जिउँ भारी हुने भएपछि उपचारका लागि जिल्ला अस्पतालदेखि भरतपुर क्यान्सर अस्पतालसम्म पुगेका थिए ।
    सामान्य अवस्थाको क्यान्सर भएकाले औषधी सेवनबाट निको हुने डाक्टरको सल्लाहबाट घर फर्किएका विश्वकर्मा अहिले पुनः ब्लड क्यान्सरसंग जुधिरहेका छन् । डाक्टरको सुझाव अनुसार उपचारपछि घर फर्केपनि पुनः तीन वर्षपछि स्वास्थ्यमा समस्या देखिएर परिक्षण गर्दा व्लड क्यान्सरको अन्तिम चरणमा पुगेको श्यामलाल विश्वकर्माका भाई देव विश्वकर्माले जानकारी दिए ।
    हाल विश्वकर्माको उपचार भारतको राजिव गान्धी अस्पतालमा भइरहेको भाई विश्वकर्माले बताए । विश्वकर्मा परिवारको आर्थिक अवस्था कमजोर रहेको र बोनम्यारो प्रत्यारोपण र किमोथेरापी गर्दा उपचार निकै खर्चिलो हुने भएकाले उपचारमा आर्थिक समस्या भएको विश्वकर्माको परिवारले जनाएको छ ।
    उपचारका लागि २४ लाख खर्च लाग्ने भएपछि परिवारले सहयोगको लागि अपिल गरेको छ । सहयोग अभियानअन्र्तगत गलकोट नगरपालिकामा कार्यरत कर्मचारी, वैदेशिक रोजगारीमा रहेकाहरुबाट जम्मा दुई लाख सहयोग संकलन भइसकेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend