९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सेनाको स्वास्थ्य शिविरबाट सर्वसाधारणलाई लाभ


जनमञ्च संवाददाता
  • १ पौस २०७९ , शुक्रबार

  • सेनाको स्वास्थ्य शिविरबाट सर्वसाधारणलाई लाभ

    बागलुङ, १ पुस– जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ५ रामकोटधाममा नेपाली सेनाको श्रीमेहर गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ९ जना बिरामी लाभान्वित भएका छन् ।
    रामेकोटधाममा आयोजित ‘बिहुँकोट धार्मिक महोत्सवको अवसरमा गणले बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । एक हप्तासम्म चलेको शिविरबाट सामान्य प्रकृतिको समस्या भएका २ सय ५८ पुरुष, ३ सय ५३ महिला र ९८ बालबालिकाको स्वास्थ्य जाँच तथा औषधि वितरण गरिएको गणले जनाएको छ ।
    गम्भीर रोग पहिचान भएका बिरामीलाई थप उपचारका लागि विभिन्न अस्पताल ‘रिफर’ गरिएको छ । सेनाका चिकित्सकसहित स्वास्थ्यकर्मीे सेवामा खटिएका थिए । आकस्मिक सेवाका लागि सेनाले एम्बुलेन्स सेवा उपलब्ध गराएको थियो ।
    शिविरमा गाउँपालिका र बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले सहयोग गरेको थियो । महोत्सवमा ‘हेलिप्याड’ निर्माण, सरसफाइलगायत अन्य व्यवस्थापकीय काममा सेनाले सहयोग गरेको महोत्सवका संयोजक देवीलाल सुवेदीले बताए ।
    बुधबार सकिएको महोत्सवबाट दुई करोड २५ लाख संकलन भएको आयोजकले जनाएको छ । सशस्त्र द्वन्द्वका बेला स्थानान्तरण भएको संस्कृत गुरुकुललाई रामकोटधाममै पुनस्थापना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो ।
    महोत्सव सकिए पनि आर्थिक संकलन अभियान जारी रहने छ । बिहुँकोट अन्तर्राष्ट्रिय समाजको पहल र संकल्पमा महोत्सव आयोजना गरिएको हो । रामकोटधामका संस्थापक दिवंगत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले २०३१ सालमा स्थापना गरेको गुरुकुल पाठशाला २०५६ सालमा तनहुँको देवघाट सरेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend