९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

नगरको अवधारणा आयो, बुर्तिवाङमा जिल्ला अस्पताल कहिले बन्छ ?


जनमञ्च संवाददाता
  • २ पौस २०७९ , शनिबार

  • नगरको अवधारणा आयो, बुर्तिवाङमा जिल्ला अस्पताल कहिले बन्छ ?
    {"caption":"u092cu093eu0917u0932u0941u0919u0915u094b u0922u094bu0930u092au093eu091fu0928 u0928u0917u0930u092au093eu0932u093fu0915u093eu092eu093e u0930u0939u0947u0915u094b u092cu0941u0930u094du0924u093fu0935u093eu0919 u092au094du0930u093eu0925u092eu093fu0915 u0938u094du0935u093eu0938u094du0925u094du092f u0915u0947u0928u094du0926u094du0930 u0964 u092fu094b u0915u0947u0928u094du0926u094du0930u0932u093eu0908 u091cu093fu0932u094du0932u093e u0905u0938u094du092au0924u093eu0932 u092cu0928u093eu0909u0928u0947 u092fu094bu091cu0928u093e u0905u0927u0941u0930 u091bu0948 u0964 u0924u0938u094du092cu093fu0930 : u092au094du0930u0915u093eu0936/u0915u093eu0928u094du0924u093fu092au0941u0930","photographer":"","alt_text":""}

    बागलुङ, २ पुस– आवश्यक पूर्वाधार भएपनि सरकारी निकायले ओएनएम सर्भे नगर्दा बुर्तिवाङमा जिल्ला अस्पताल सञ्चालनमा आउन सकेको छैन । सदरमुकाममा रहेको अस्पताललाई २०६७ सालमा अञ्चल अस्पताल बनाउँदा बुर्तिवाङमा जिल्ला अस्पताल बनाउने तयारी थियो ।
    कोरोनाकालमा धौलागिरि अस्पताल उपप्रादेशिकमा बढुवा भएपछि उपप्रादेशिक अस्पतालमा सबै सेवा शुल्क लिएर दिइन्छ । तर जिल्ला अस्पतालबाट पाउने निःशुल्क सेवाबाट बागलुङवासी वञ्चित छन् । १२ वर्षसम्म जिल्ला अस्पताल नबन्दा जनताले सेवा नपाएको केन्द्रका प्रमुख डा. नीरज सुवेदीले बताए ।
    ‘विशेषज्ञ अस्पतालमा निःशुल्क सेवा हुँदैन, निःशुल्क सेवा पाउन जिल्ला अस्पताल चाहिन्छ,’ डा. सुवेदीले भने, ‘धेरैपटक प्रयास भयो, राजनीतिक नेतृत्व र मन्त्रालयबाट चासो दिइएन ।’ अब नगर अस्पतालको अवधारणा आइसकेकोले जिल्ला अस्पताल बनाउन कठिन हुने सुवेदीको भनाई छ ।
    हालै निर्वाचित प्रदेशसभा सदस्य द्रोण कुँवरले भने आफ्नो मुख्य एजेन्डाको रूपमा बुर्तिवाङमा अस्पताल बनाउने भएको बताए । ‘हामीले उपचार नपाउने ?’ कुँवरले भने, ‘रोकिएको कारण खोजी गरेर अस्पताल स्थापित गराउन तत्काल पहल गर्छौं ।’
    डा. सुवेदीका अनुसार अस्पतालमा दैनिक एक सय २० देखि डेढसय जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा दुई जना डाक्टर कार्यरत छन् । मासिक २० वटासम्म अपरेसन भएपनि अस्पतालले मान्यता नपाउँदा कतिपय सेवा रोकिने र आवश्यक खर्च पनि बेरुजु बनिरहेको छ ।
    मन्त्रालयबाट आश्वासन आएकोले सबै मिलेर भवन बनाए पनि अस्पताल बनाउन नसकिएको निर्माण समितिका अध्यक्ष तुलसी अर्यालले बताए । पूर्वाधार अस्पताल बनाउने खालकै भएपनि ओएनएम ढिला हुँदा अस्पतालको प्रक्रियामा नगएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend