बागलुङ, ८ पुस– बहुउद्देश्यीय सहकारी संघ बागलुङको अध्यक्षमा पुनः दुर्गाबहादुर कुवँर चयन भएका छन् । संघको शुक्रबार सम्पन्न ८ औ बार्षिक साधारणसभाले कुँवरको नेतृत्वमा नयाँ संचालक समिति गरेको हो ।
समितिको उपाध्यक्षमा शिवकला थापा, सचिवमा चुडामणी शर्मा आचार्य, सह–सचिवमा हिरामणी उपाध्याय र कोषाध्यक्षमा रेशम थापा, सदस्यहरुमा फुलप्रसाद सापकोटा, थुमबहादुर थापा, देवबहादुर खड्का, सुरेशप्रसाद श्रेष्ठ, कुलबहादुर कार्की र अमृता थापा चयन रहेका छन् ।
यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा हुमबहादुर थापा, सदस्यमा पूर्णप्रसाद शर्मा र खगी श्रीस चयन भएको संघले जनाएको छ ।
कार्यक्रममा बोल्दै नेपाल सुचना तथा संचार केन्द्रिय सहकारी संघका उपाध्यक्ष मनकुमारी जिसी केसीले पछिल्लो समय सहकारीहरुमा देखिएको समस्या समधानका लागि सवैको सहकार्य आवश्यक रहेको बताइन् ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष हुमाकुमारी जिसी अञ्जु, राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसी, जिल्ला कृषि सहकारी संघका अध्यक्ष नरबहादुर थापा र बहुउद्देश्यीय सहकारी संघका उपाध्यक्ष एवँ प्रदेश साँसद कुशुम बुढाले बोलेका थिए ।
कार्यक्रम संघका अध्यक्ष दुर्गाबहादुर कुवँरको अध्यक्षता, सदस्य गणेशप्रसाद शर्माको स्वागत र कोषाध्यक्ष शिवकला थापाको संचालनमा सम्पन्न भएको थियो ।