बागलुङ, १० पुस– एकता सहकारी संस्था लि. बागलुङले आर्थिक बर्ष २०७८/७९ मा १ अर्ब ७४ करोड बढिको कारोवार गरेको छ ।
संस्थाको २४ औं वार्षिक साधारणसभामा सस्थाका कोषाध्यक्ष पवनलाल राजभण्डारीले गत आर्थिक बर्षको आयव्यय तथा चालु आर्थिक बर्षको अनुमानित आयव्यय प्रस्तुत गर्दै संस्थाले ४ करोड ७३ लाख ८८ हजार ९ सय ८७ आम्दानी र ३ करोड ३५ लाख २० हजार ३ सय १ रुपैयाँ खर्च गरेको जानकारी दिएका थिए ।
खुद मुनाफा १ करोड ३८ लाख ६८ हजार ६ सय ८६ रुपैया गरेको जानकारी दिदै कोषाध्यक्ष राजभण्डारीले हाल संस्थाले १ हजार ५ सय ७९ जना शेयर सदस्यहरुलाई सेवा दिदै आएको बताए ।
संस्थाले जेष्ठ नागरिकहरुलाई चाडवाड खर्च, शेयर सदस्यहरुको नवजात शिशुको नाममा बाल शेयर खाता खोल्ने, शेयर सदस्य र शेयर सदस्यहरुको मृत्यूमा राहत, शेयर सदस्यको स्वास्थ्य विमा, सामुहिक लगानी, उत्पादनशिल लगानी जस्ता सदस्यमुखी कार्यक्रमलाई निरन्तरता दिदै आईरहेको संस्थाका प्रबन्धक दिपक राजभण्डारीले जानकारी दिए ।