९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

रघुगंगाका ५१ योजनालाई पौने २ करोड बजेट विनियोजन


जनमञ्च संवाददाता
  • १३ पौस २०७९ , बुधबार

  • रघुगंगाका ५१ योजनालाई पौने २ करोड बजेट विनियोजन

    म्याग्दी, १३ पुस– जिल्लाको रघुगंगा गाउँपालिकाले विभिन्न ५१ योजनामा एक करोड ८५ लाख बजेट विनियोजन गरेको छ । सोमबार सम्पन्न १४ औँ गाउँसभामार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाका लागि बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिए ।
    गाउँसभाले बृहत् घोप्टेखोला र चिमखोला पिप्ले भगवती खानेपानी योजनामा उपभोक्ता समितिले योजना सम्झौता गर्दा व्यहोर्नुपर्ने कुल लागतको एक प्रतिशत रकम बराबरको स्रोत गाउँपालिकाले व्यहोर्ने निर्णयसमेत गरेको छ ।
    संघीय सरकारमार्फत योजना सञ्चालनको तयारी गरिएको बृहत् चिमखोला–पिप्ले भगवती खानेपानी आयोजना र घोप्टेखोला खानेपानी योजना सम्झौताका लागि उपभोक्ताले जुटाउनुपर्ने स्रोतका लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।
    त्यसैगरी झिँको वडा कार्यालय भवनका लागि थप २५ लाख, प्रदेश समपूरकअन्तर्गत पाखापानी–कोटगाउँ–रायखोर–घ्यासीखर्क सडकलाई ५० लाख, संघीय समपूरक कोषअन्तर्गत झिँ वडा कार्यालयलाई ३० लाख, संघीय समपूरकअन्तर्गत मुक्तिधाम माविको भवन निर्माण गर्न १ करोड ५० लाख बजेट माग गर्ने निर्णय गरिएको छ ।
    त्यसैगरी, संघीय विशेष अनुदानअन्तर्गत बेगको भुँइपाइले फुटबल खेलमैदान, बैँसेरी–साझापानी लिफ्ट सिँचाइ योजना, शिव आधारभूत विद्यालय पुननिर्माण, उच्च उचै खेलमैदान र रघुगंगा माविको खेलमैदान निर्माणका लागि बजेट माग गरिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend