९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मध्यमोदीबाट व्यवसायिक उत्पादन


जनमञ्च संवाददाता
  • १४ पौस २०७९ , बिहिबार

  • मध्यमोदीबाट व्यवसायिक उत्पादन

    पर्वत, १४ पुस– जिल्लामा निर्माण भएको मध्यमोदी जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाले आठ वर्षपछि परीक्षण उत्पादन गरेको थियो ।
    परीक्षण उत्पादन सफल भएपछि यसै सातादेखि व्यावसायिक उत्पादनको तयारी छ । परीक्षण उत्पादन सफल भएपछि केही दिनभित्रै व्यावसायिक उत्पादन सुरु गरिने आयोजना प्रमुख प्रविन देसारले जानकारी दिए । विद्युत आयोजना लक्ष्यभन्दा झण्डै पाँच वर्ष ढिला निर्माण सम्पन्न भएको हो ।
    कास्कीको अन्नपूर्ण गाउँपालिका वीरेठाँटी र मोदी गाउँपालिका भूकको भुरुङडाँडामा बाँध निर्माण गरेर ल्याइएको मोदीखोलाको पानी पर्वतको मोदी गाउँपालिका समादीमा खसालिएको छ । आयोजनाका लागि २ हजार ८ सय ४० मिटर लम्बाइको ‘टनेल’बाट ल्याइएको पानी ७७ मिटर टेलरेसबाट मोदीखोलामा खसालिएको छ ।
    सम्झौतानुसार प्राधिकरणले आयोजना निर्माण सम्पन्न हुनुअघि नै विद्युत् गृहबाट देउपुरसम्म चार किलोमिटर लामो प्रसारण लाइन बनाएको छ । विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीका अनुसार परीक्षणको काम सकिएपछि १५ दिनलाई ‘ट्रायल फेज’का रूपमा राखिएको थियो ।
    आयोजनाबाट उत्पादन हुने विद्युत्लाई मोदी गाउँपालिकाकै पातिचौरमा रहेको कोरुङ्गा सबस्टेशनमा लगेर १ सय ३२ केभी लाइनमा जोडेर राष्ट्रिय प्रसारण लाइनमा पठाइने छ । पातीचौर सबस्टेशनबाट कास्कीको पोखरामा रहेको लेखनाथमा पुग्ने र अर्को जडान कास्कीकै माछापुच्छे« गाउँपालिकाको लाहाचोक पुग्नेछ ।
    आयोजनाको लागतसहित उत्पादन क्षमता १८ मेगावाट पुगेको छ । सुरुमा २ अर्ब ८० करोड लागत लाग्ने अनुमान गरिएपनि निर्माणमा भएको ढिलाइ, महँगी, र आन्दोलन लगायतका समस्याले आयोजनाको लगानी सोचेको भन्दा दोब्बर अर्थात् ४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend