बागलुङ, १६ पुस– सहज बचत तथा ऋण सहकारी संस्था बागलुङको १५ औँ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै श्रीधराचार्य शालग्राम संग्राहलयका उत्तराधिकारी स्वामी ऋषि प्रपन्नाचार्यले सहकारीले असल काममा लगानी गर्नुपर्ने बताए ।
सो अवसरमा संस्थाका पुर्वअध्यक्ष हरिप्रसाद सापकोटा, प्रशासकिय बिज्ञ चन्द्रप्रसाद सापकोटा, सेयर सदस्य धनराज सापकोटा, मिडिया सल्लाहकार कोपिला कँडेल, सेयर सदस्य तारा आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थियो ।
कार्यक्रममा प्रगति प्रतिबेदन सचिव हर्कबहादुर नाईसा, कोषाध्यक्ष देबी कुमारी शर्माले आर्थिक प्रतिबेदन र लेखा समितिको प्रतिबेदन रामकृष्ण सापकोटाले प्रस्तुत गरेका थिए ।
साधारणसभाको अवसरमा असल कारोबारी, ऋणी तथा सहकारीलाई बिभिन्न क्षेत्रबाट सहयोग पु¥याउनेलाई प्रशंसा पत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष पुष्प गिरीको अध्यक्षता, उपाध्यक्ष यामदत्त कंडेलको स्वागत र सचिव हर्क नाईसाको संचालनमा सम्पन्न भएको थियो ।
यसैबीच, शुभलाभ बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारणसभा सम्पन्न भएको छ । तरलता अभाव भइरहेका बेला सहकारीले शेयर सदस्यलाई राम्रो लाभांश दिन सफल भएको कार्यक्रमका सहभागिहरुले धारणा राखेका थिए ।
कार्यक्रममा संस्थाका पुर्वअध्यक्ष इश्वरलाल बज्राचार्य, सल्लाहकार सुरेन्द्रजंग राजभण्डारी, जेष्ठ नागरिक श्यामप्रसाद श्रेष्ठ, पत्रकार राजेशचन्द्र राजभण्डारी, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभाको अवसरमा जेष्ठ नागरिक अग्नि कुमार श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ, राधाकुमारी श्रेष्ठ, हरिकला खत्री, श्याम प्रसाद श्रेष्ठ, राममाया श्रेष्ठ, बिष्णु कुमारी श्रेष्ठ, धनकुमारी शर्मालाई सम्मान गरिएको थियो ।
साधारणसभाको अवसरमा सहकारीमा उत्कृष्ट कारोबार गर्ने रन्जित प्रसाद श्रेष्ठ, नारायण शर्मा, बिना कुमारी शर्मा, सज्जन गौतम र सहकारीका कर्मचारी एलिना पुनलाई सम्मान गरिएको थियो ।
साधारणसभा सहकारीका अध्यक्ष ईश्वर प्रसाद श्रेष्ठको अध्यक्षता, सदस्य मनमाया श्रेष्ठको स्वागत र सचिव हिमालय प्रकाश श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।