९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

नवकिरण सहकारीको अध्यक्षमा गौतम


जनमञ्च संवाददाता
  • १७ पौस २०७९ , आइतबार

  • नवकिरण सहकारीको अध्यक्षमा गौतम

    बागलुङ, १७ पुस– नवकिरण सहकारी संस्थाको ११ औं साधारणसभा तथा चौथो अधिवेसनले चिरन्जिवी गौतमको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको छ । शनिबार भएको साधारणसभाले गौतम नेतृत्वको समिति निर्विरोध चयन गरेको हो ।
    समितिको उपाध्यक्षमा नारायण पौडेल, सचिवमा नवराज शर्मा, सहसचिवमा बिष्णु प्रसाद चापागाई, कोषाध्यक्षमा ज्ञानेन्द्र गौतम, सदस्यहरुमा प्रविना रेग्मी पराजुली, सोम पाठक, प्रदिप पन्त, गीतादेवी कंडेल र टिका खड्का चयन भएका छन् ।
    साधारणसभाले सुभाष आचार्यको संयोजकत्वमा तारकराज पराजुली र दिलिप पन्त रहेको लेखा समिति पनि चयन गरेको छ ।
    साधारणसभाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले सहकारीहरु उत्पादनमुखी र सीप हस्तान्तररण गर्ने खालका बन्नुपर्ने बताए । श्रेष्ठले सीप सिकेर घर घरमा रोजगारी बढाउने अभियानमा सहकारीले भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।
    सहकारीका अध्यक्ष चिरन्जिबी गौतमको अध्यक्षता, सचिव नवराज पौडेलको संचालन र सदस्य ज्ञानेन्द्र गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, काठेखोला गाउँपालिका वडा नं १ का अध्यक्ष खड्ग थापा, अधिवक्ता हरिप्रसाद गौतमलगायतले बोलेका थिए ।
    साधारणसभाले सचिव नवराज शर्माको प्रगती प्रतिवेदन, कोषाध्यक्ष बिष्णुप्रसाद चापागाईको आर्थिक प्रतिवेदन र लेखासमिति संयोजक रमाकान्त शर्माको लेखा प्रतिवेदन पास गरेको थियो । सकारीले १ करोड ११ लाख ६८ हजार शेयर पूँजि, ५ करोड २१ लाख ७७ हजार निक्षेप संकलन गरेको तथा २ करोड ८५ लाख ऋण लगानी गरेको बताइएको छ ।
    सोम अवसरमा उत्कृष्त बचतकर्ताको रुपमा कमला पराजुली र दुर्गामाया शर्मा, बचतकर्तामा नारायणप्रसाद पौडेल र कृष्णप्रसाद उपाध्याय, उत्कृष्ठ छात्रछात्रामा सन्दिप कंडेल र कुमकुम पराजुली, शेयर वृद्धिमा योगदान गरेको भन्दै ज्ञानेन्द्र गौतम र बिष्णुप्रसाद चापागाइ तथा असल कारोवारीको रुपमा महेन्द्र गर्बुजा सम्मानित हुनुभएको थियो । कर्मचारीतर्फ मिना पुन, यमुना सापकोटा र प्रतिभा थापालाई पुरस्कृत गरिएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend