१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

अफ्रिकन स्वाइन फिभरको संक्रमणले बंगुर मर्न थाले


जनमञ्च संवाददाता
  • १८ पौस २०७९ , सोमबार

  • अफ्रिकन स्वाइन फिभरको संक्रमणले बंगुर मर्न थाले

    म्याग्दी, १८ पुस– अफ्रिकन स्वाइन फिभरको संक्रमणका कारण म्याग्दीमा बंगुर मर्न थालेका छन् । बेनीबजार तथा ग्रामीण क्षेत्रमा पालिएका बंगुरमा संक्रमण देखिएपछि तीन सयभन्दा बढी बंगुर मरेको भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र म्याग्दीले जनाएको छ ।
    व्यावसायिक रूपमै फार्ममा पालिएका बंगुर मर्न थालेपछि विज्ञ केन्द्रको टोलीले गरेको अनुगमन तथा केही फार्मबाट लिइएको नमूनामा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले जानकारी दिए ।
    पहिलोपटक पोखराबाट ल्याइएको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. २ मा रहेको फार्मको बंगुरमा पशुपंक्षी अन्वेषण परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभरको पुष्टि भएको थियो । सो क्षेत्रका ४० भन्दा बढी बंगुर मरेपछि केन्द्र र गाउँपालिकाको पशु सेवा शाखासहितको टोलीले अनुगमन गरेको थियो ।
    केन्द्र प्रमुख आचार्यले अफ्रिकन स्वाइन फिभरले मान्छेमा कुनै असर भने नगर्ने बताए । बंगुरमा मात्र देखिने यो रोगको कुनै उपचार नरहेको पशु चिकित्सक बताउँछन् । स्वाइन फिभरको पूर्ण उपचार नभए पनि छ–छ महिनामा बंगुरलाई खोप लगाएर न्यूनीकरण गर्न सकिने केन्द्रका प्रमुख आचार्यको भनाई छ ।
    बेनी नगरपालिकाको मंगलाघाटमा साढे दुई सय बंगुर मरेको अवस्थामा भेटिएकाले रोकथाम र नियन्त्रणमा केन्द्रित भएको पशु प्राविधिक प्रदीप गौतमले बताए ।
    पशु सेवा शाखाका अनुसार रनबहादुर बुढाथोकीका ४२, श्यामकुमार गोतामेका ४०, बिना गोतामेका पाँच, टकबहादुर बुढाथोकीका ६५, टीका रोकाका २६ र पूर्वराज घर्तीको सात वटा बंगुर मरेको विवरण संकलन गरिएको छ ।
    पछिल्लो समय बंगुरमा अफ्रिकन स्वाइन फिभर संक्रमण देखिएकाले रोगको शंका लागेका पशुलाई बथानबाट अलग्गै राखी जानकारी दिन र मरेका जनावरलाई खाडलमा पुर्न भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले अनुरोध गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend