९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

कपडा तथा फेन्सी व्यवसायीको साधारणसभा


जनमञ्च संवाददाता
  • २४ पौस २०७९ , आइतबार

  • कपडा तथा फेन्सी व्यवसायीको साधारणसभा

    बागलुङ, २४ पुस– कपडा तथा फेन्सी व्यवसायी संघ बालुङको तेह्रौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभा उद्घाटन गर्दै बागलुङ नगरपालिकका उपप्र्रमुख राजु खड्काले व्यवसायी र स्थानीय सरकार विकासको साझेदार भएको बताए ।
    साधारणसभाले हरेक शनिबार पसल बन्द गर्ने र व्यवसायिक एकता कायम गर्ने निर्णय गरेको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । कार्यक्रममा वक्ताहरुले व्यवसायिक एकताको लागि काम गर्न पनि आग्रह गरेका थिए । संघका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव प्रेमलाल गौतमको प्रगती प्रतिवेदन र कोषाध्यक्ष गोकुल कंडेलको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
    साधारणसभाले हरिकृष्ण भारी, हरिलाल सुवेदी, रघुनाथ राजभण्डारी र शोभाकुमारी पौडेललाई लामो समय व्यवसाय गरेको भन्दै सम्मान गरेको थियो । बागलुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्य, नेपाल राष्ट्रिय व्यपार संगठनका उपाध्यक्ष प्रकाश प्रसाद शर्मा, फर्निचर व्यवसायी बालकृष्ण सापकोटा, महिला उद्यम बिकास समितिकी अध्यक्ष अर्चना पालिखे, पत्रकार कोपिला कंडेल, उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ र संघका पूर्व अध्यक्ष हरिलाल सुवेदी तथा व्यवसायी नारायण पौडेलले मन्तव्य राखेका थिए ।
    रामचन्द्र शर्माको अध्यक्षता, दित्तिय उपाध्यक्ष गोबिन्द सुवेदीको संचालन र प्रथम उपाध्यक्ष डिवी कर्कीले स्वागत गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend