९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

खर्च कटौती गर्न स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र


जनमञ्च संवाददाता
  • २० माघ २०७९ , शुक्रबार

  • खर्च कटौती गर्न स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र

    काठमाडौं, २० माघ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरीका स्थानीय तहलाई खर्च कटौतीको लागि परिपत्र गरेको छ । अर्थ मन्त्रालयले माघ १७ गते निर्णय गरेर सबै प्रदेश र स्थानीय तहमा आर्थिक वर्ष २०७९÷०८०को चालु तर्फको अनिवार्य बाहेक २० प्रतिशत खर्च कटौती गर्ने निर्णय गरेको थियो ।
    सोहि निर्णयको आधारमा संघीय मामिला मन्त्रालयले सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई खर्च कटौती गर्न परिपत्र गरेको हो । २० प्रतिशत खर्च कटौती हुने खर्च शिर्षकहरुमा कर्मचारी तलब खर्च, जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च, अन्य भ्रमण खर्च, पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च, फर्निचर तथा फिक्चर्स खर्च, विविध कार्यक्रम खर्च इन्धन खर्चलगायत छन् ।
    देश आर्थिक संकटतर्फ अगाडि बढेको भन्दै वर्तमान सरकारले ल्याएको साझा न्युनतम कार्यक्रममा आधारित भएर अर्थमन्त्री विष्णु पौडेलले खर्च कटौतीको निर्णय गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend