९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

राष्ट्रपति उम्मेदवार र सुदूरपश्चिम सरकारबारे छलफल गर्न उच्चस्तरिय संयन्त्रको बैठक


जनमञ्च संवाददाता
  • २६ माघ २०७९ , बिहिबार

  • राष्ट्रपति उम्मेदवार र सुदूरपश्चिम सरकारबारे छलफल गर्न उच्चस्तरिय संयन्त्रको बैठक

    काठमाडौं, २६ माघ– राष्ट्रपति उम्मेदवार र सुदूरपश्चिम सरकारबारे छलफल गर्न आज सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ ।
    राष्ट्रपतिको निर्वाचनको उम्मेदवार लगायतका विषयमा छलफल गर्न आज संयन्त्रको बैठक बस्न लागेको हो । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो ।
    उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक एमाले अध्यक्ष ओली छन् । राष्ट्रपति पदको निर्वाचन फागुन २५ गते हुँदैछ । तर, सत्ता साझेदार दलबीच नै राष्ट्रपतिको उम्मेदवारबारे एक मत छैन । एमालेले सरकार गठनको बेला भएको सहमति अनुसार राष्ट्रपति आफूले पाउनुपर्ने अडान राख्दै आए पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने धारणा राख्दै आएका छन् । यसैका कारण सत्ता साझेदार दलबीच खटपट भइरहेको छ ।
    बैठकमा सरकारका कामकारबाही, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत लिन भइरहेको सकस लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend