काठमाडौं, २८ माघ– विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । पार्टीको भने महासचिवमा रन्जु दर्शनालाई चयन गरिएको छ ।
शुक्रबारदेखि काठमाडौंमा जारी पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए । ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको परियारले बताए ।
पार्टीको उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डे चयन भएका छन्भने सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन् ।
यसैगरी, कोषाध्यक्षमा दामोदर नेपाललाई चयन गरिएको छ । पार्टीमा ६१ केन्द्रीय समिति सदस्य रहने छन् । केन्द्रीय सदस्यलाई चुनावबाट छान्ने तयारी भइरहेको परियारले जानकारी दिए ।