बागलुङ, १ फागुन– जनयुद्ध दिवसको अवसरमा बागलुङ नगर सरसफाई गरिएको छ । नेकपा माओवादी केन्द्र बागलुङ नगर समितिको आयोजनामा २८ औं जनयुद्ध दिवसको अवसरमा नगर सरसफाई गरिएको हो ।
नगरको समिट चोकदेखि जिपपार्क, धौलागिरि चोक, शिवधारा चोक, लालिगुराँस चोकदेखि मिलन चोकसम्म सरसफाई गरिएको माओवादी केन्द्रले जनाएको छ ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य यज्ञवल्लभ शर्माले नेपालमा चलेको दशवर्षे जनयुद्धले राजनैतिक, सामाजिक, साँस्कृतिक परिवर्तनको लागि ठोस योगदान दिएको बताएका थिए । नेकपा माओवादी केन्द्र बागलुङ नगर समितिका अध्यक्ष रतन प्रसाद मलेपतीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव तथा बागलुङ नगरपालिकाका उपमेयर राजु खड्काले गरेका थिए ।