९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

अनेरास्ववियूको २३ औँ महाधिवेशनको आजबाट सुरु हुँदै


जनमञ्च संवाददाता
  • २ फाल्गुन २०७९ , मंगलबार

  • अनेरास्ववियूको २३ औँ महाधिवेशनको आजबाट सुरु हुँदै

    काठमाडौं, २ फागुन– नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च अनेरास्ववियूको महाधिवेशन आजबाट सुरु हुने भएको छ । आज दिउँसो साढे १२ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
    लामो समय निर्वाचनबाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्ने घोषणा गरेको छ ।
    फागुन ४ गतेसम्म चल्ने महाधिवेशनमा देशभरबाट १ हजार ५ सय ७३ जना प्रतिनिधिले सहभागिता जनाउने अध्यक्ष सुनिता बरालले जानकारी दिइन् ।
    महाधिवेशनको मुख्य उद्देश्य नै नेतृत्व चयन गर्ने हो । जसले १ सय ९९ सदस्सीय केन्द्रीय समिति र तीनवटा केन्द्रीय आयोग पनि निर्माण गर्नेछ । आयोगमा १५ जना सदस्य हुनेछन् ।
    बरालले सहमतीबाट नेतृत्व चयनको प्रयास गरिने र सहमति हुन नसके विद्युतीय मतदानबाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाइएको बताइन् । अखिलको भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिव समिक बडालको दाबी छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend