बागलुङ, ३ फागुन– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन छैठौंको धौलागिरि बहुमुखी क्याम्पसमा इकाई समिति गठन गरिएको छ । राष्ट्रिय जनमोर्चा निकट बिद्यार्थीहरुको भेलाले इकाई समिति गठन गरेको हो ।
समितिको अध्यक्षमा प्रदिप पुन, उपाध्यक्षमा नगेन्द्र थापा, सचिबमा रेखा शर्मा, कोषाध्यक्षमा लक्ष्मी शर्मा, सदस्यहरुमा पार्बती पौडेल, इन्द्र थापा, कमल पुन, चन्द्र पुन, भूषण थापा, याम थापा, अस्मि थापा, अन्जु राना, तारा थापा, सरिता थापा, रबिन थापा, संगीता बिक, हरिकला बिक, प्रतिभा थापा, सरिता जिसी, अमृत घर्ती, मनिषा थापा, प्रतिभा पौडेल र सिर्जना थापा रहेका छन् ।
भेलाले ५ गते काठेखोला, गल्कोट, ढोरपाटन, निसिखोला, तमानखोला लगायतबाट आएका बिद्यार्थीहरुको भेला गर्नेगरी प्रदिप पुन र नगेन्द्र थापालाई जिम्मा दिएको छ । त्यसैगरी भेलाले ९ गते जैमिनी र बरेङबाट आएका बिद्यार्थीहरुको भेला गर्न इन्द्र थापा र अखिल छैठौंका केन्द्रिय सदस्य दिपेन्द्र पौडेललाई जिम्मा दिएको छ ।
नजिकिदै गरेको स्ववियु निर्वाचन र बिद्यार्थी आन्दोलनलाई सक्रिय बनाउनका लागि समिति गठन गरिएको संगठनले जनाएको छ । भेला अखिल छैठौं पुर्ब महासचिब भिमलाल पोखरेलको बिषेश उपस्थितीमा सम्पन्न भएको थियो ।