९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

नगर अस्पतालमा दक्ष चिकित्सकसहितको सेवा


जनमञ्च संवाददाता
  • ३ फाल्गुन २०७९ , बुधबार

  • नगर अस्पतालमा दक्ष चिकित्सकसहितको सेवा

    बागलुङ, ३ फागुन– गलकोट नगर अस्पतालले मंगलबारदेखि दुई जना डाक्टरसहित सेवा दिन शुरु गरेको छ । अस्पतालले आन्तरिक स्रोत लगानी गरेर दक्ष चिकित्सक राखेर सेवा सूचारु गरेको हो ।
    गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेसहित जनप्रतिनिधिले नगर अस्पतालमा आउनुभएका एमजिडिपी डा. राजेश पौडेलको भब्य स्वागत गरेपछि घरदैलोमै गुणस्तरिय स्वास्थ्य सेवा पाउने भएपछि स्थानीय पनि खुसी बनेका छन् ।
    पालिकाले अस्पताललाई नियमित संचालन र सबै प्रकारका समस्याको उपचार गर्ने स्थलको रुपमा विकास गर्न गरेको लामो समयको तयारीपछि २ दक्ष चिकित्सकसहित नगर अस्पताल संचालनमा आएको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।
    डा. मनोज कार्मी र डा. राजेश पौडेल खटिएपछि अन्य दरबन्दीका स्वास्थ्यकर्मी पर्याप्त भएको सूचना अधिकारी जीवन नेपालीले जानकारी दिए । यसअघि गलकोटमा हरिचौर प्राथमिक स्वास्थ्य केन्द्र थियो । सामान्य समस्याले बिरामीहरु सदरमुकाम पुग्नुपर्ने बाध्यता अब अन्त्य हुनेमा स्थानीयवादी आशावादी छन् ।
    नगरपरिषदले गतबर्ष नै केन्द्रलाई अस्पतालमा बढुवा गरेको थियो । ‘कम्तिमा दुई जना चिकित्सक सहितका स्वास्थ्यकर्मी नियमित बस्ने गरी आन्तरिक श्रोत व्यवस्थापन गरेका छौं’ नगरप्रमुख गैरेले भने, ‘अब गलकोटेले अन्यत्र उपचार खोज्दै जानु पर्दैन ।’ हालको १० शैया विस्तार गरी १५ शैया पुर्याउने योजना रहेको गरैले सुनाए ।
    स्वास्थ्यकर्मीका अनुसार अस्पतालमा दैनिक ८० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् । उनीहरुलाई सामान्य समस्या पर्दा सदरमुकाम पठाउन परेमा धेरै खर्च लाग्थ्यो तर, नगरपालिकाले थालेको अभियानबाट धेरै बिरामीले सेवा पाउन थालेको अस्पतालकी अनमी शोभा काउचाले बताइन ।
    स्वास्थ्य मन्त्रालयले ‘ओएनएम’ सर्भे नगर्दा अस्पतालले पाउनुपर्ने दरबन्दी पुरा हुन सकेको छैन । मन्त्रालयबाट छात्रवृत्ति कोटाका चिकित्सक पाउन नसक्दा नगरको आन्तरिक श्रोत परिचालन गर्नुपरेको नगर स्वास्थ्य शाखाका प्रमुख सुशिल पौडेलले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend