९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मुडिकुवाका जेष्ठ नागरिकलाई घरदैलो स्वास्थ्य सेवा


जनमञ्च संवाददाता
  • ३ फाल्गुन २०७९ , बुधबार

  • मुडिकुवाका जेष्ठ नागरिकलाई घरदैलो स्वास्थ्य सेवा

    पर्वत, ३ फागुन– जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवाले स्वास्थ्यकर्मीलाई ज्येष्ठ नागरिकको दैलोमा पठाएर स्वास्थ्य जाँच गर्ने र आवश्यक परामर्श दिन थालेको छ ।
    ६५ वर्ष उमेर पूरा गरेका वडाका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणको काम भइरहेको वडाध्यक्ष तथा फलेवास नगरपालिकाका प्रवक्ता अच्युत तिवारीले बताए । ‘घरदैलो स्वास्थ्य जाँच तथा सुगर परीक्षणको काम स्वास्थ्यकर्मीबाट भइरहेको छ’ तिवारीले भने, ‘घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रमले हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई सहज भएको छ ।’
    मुडिकुवा स्वास्थ्य चौकीमा कार्यरत भई ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि हरेक टोलमा पुगेको मुडिकुवा स्वास्थ्य चौकीकी अनमी संगीता लामिछानेले बताइन् । गत माघ २३ गतेबाट घरदैलो स्वास्थ्य परिक्षण कार्यक्रम शुरु भएको हो । ‘स्वास्थ्य चौकीमा कार्यरत पाँच स्वास्थ्यकर्मीले तालिका बनाएर काम गरेका छौ’ लामिछानेले भनिन् ।
    स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचसंगै उनीहरूले सेवन गरेको औषधिको प्रभाव, खाने तरिकाबारे जानकारी लिने, स्वास्थ्य जाँच गर्दा देखिएको अवस्थाबारे जानकारी गराएर थप उपचारको लागि परामर्श दिने काम गर्दै आएका छन् ।
    वडाको स्वास्थ्य संस्थामा कर्मचारी अभाव हुँदा तीव्र गतिमा सेवा दिन नसकिएको वडा अध्यक्ष तिवारीको भनाई छ । घरदैलो स्वास्थ्य परिक्षण अभियानबाट हालसम्म दुई सयभन्दा बढी ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरिएको तिवारीले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend