९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

नगर अस्पताल स्वास्थ्य सहायकको भरमा !


जनमञ्च संवाददाता
  • ४ फाल्गुन २०७९ , बिहिबार

  • नगर अस्पताल स्वास्थ्य सहायकको भरमा !

    फाइल तस्बिर
    पर्वत, ४ फागुन– जिल्लाको कुस्मा नगरपालिका वडा नं. १२ ठूली पोखरीस्थित नगर अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको छ ।
    एक एमबीबीएस चिकित्सकसहित दस जनाको दरबन्दी रहेको नगर अस्पताल विगत चार वर्षदेखि स्वास्थ्य सहायकले निमित्त भई चलाउँदै आएका छन् । दरबन्दीमा रहेका चिकित्सक अध्ययन बिदामा गएपछि अस्पतालमा अन्य चिकित्सक आएका छैनन् ।
    डा. विवेक भण्डारी २०७५ सालमा अध्ययन बिदामा गएपछि केन्द्रमा दरबन्दीको कुनै पनि चिकित्सक पठाइएको छैन । सुविधासम्पन्न भौतिक पूर्वाधार र एम्बुलेन्ससहित आधुनिक उपकरण भएपनि दरबन्दीका चिकित्सक नआएपछि सेवाग्राही मारमा परेका छन् ।
    ‘दरबन्दीका चिकित्सक जिल्लामा नभएर होला, भएको भए त आउनुपर्ने हो’ अस्पतालका निमित्त प्रमुख सागर नेपालीले भने । नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा दिन ग्रामीण क्षेत्रमा खोलिएको आधारभूत अस्पतालमा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारण सामान्य बिरामी हुँदासमेत पोखरा वा काठमाडौँ जानुपर्ने बाध्यता छ ।
    देश संघीय संरचनामा गएपछि दरबन्दीका चिकित्सक आउन छाडेका र स्थानीय तह तथा प्रदेश सरकारले व्यवस्थापन नगर्दा समस्या भएको हो । हाल स्वास्थ्य केन्द्रमा करार सेवाका स्वास्थ्य सहायक, ल्याब असिस्टेन्ट, स्टाफ नर्स, तीन अनमी र स्थायी तीन अहेब छन् ।
    मोदी, फलेवास र स्याङ्जाको आँधीखोला गाउँपालिकाका बिरामीसमेत आउने अस्पतालमा पर्याप्त स्वास्थ्यकर्मी नहुँदा समस्या भएको वडाध्यक्ष झलक प्रसाद रिमालले बताए । नगरपालिकाले अस्पतालको उपचार सेवालाई प्रभावकारी बनाउन तथा चिकित्सक माग गर्ने विषयमा चासो नदिएको रिमालले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend