१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

ढोरपाटनमा प्रतिष्पर्धाबाट शिकार गराउन प्रस्ताव आह्वान


जनमञ्च संवाददाता
  • ४ फाल्गुन २०७९ , बिहिबार

  • ढोरपाटनमा प्रतिष्पर्धाबाट शिकार गराउन प्रस्ताव आह्वान
    DCIM100GOPROGOPR3418.JPG

    बागलुङ, ४ फागुन– आगामी सिजन २०७९ फागुनदेखि २०८० वैशाखका लागि ढोरपाटनमा शिकार गर्न इच्छुकबाट प्रस्ताव आह्वान गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिहीबार प्रतिस्पर्धाबाट शिकार गराउन दरभाउ पत्र आह्वान गरेको हो ।
    विभागका अनुसार ढोरपाटन शिकार आरक्षमा तोकिएको ब्लक र निर्धारण गरिएको कोटाको आधारमा प्रतिस्पर्धाबाट नाउर, झारल र बनेलको शिकार गरिने भएको छ । यसका लागि व्यक्ति तथा संघ संस्थाले निवेदन दिन सक्ने विभागले जनाएको छ ।
    नेपालको एक मात्र ढोरपाटन शिकार आरक्षणमा कात्तिक–मंसिर र फागुन–वैशाख गरी दुई सिजनमा शिकारको अनुमति दिइन्छ । ढोरपाटन शिकार आरक्षले शिकारको अनुमति दिएको संख्या, पर्यटक र उनीहरुको गतिविधिलाई नियमनको काम गर्छ ।
    नेपालमा दुई सिजनामा गरी सामान्यतया दुई दर्जन नाउर र एक दर्जन झारलको शिकार हुने गरेको छ । आरक्षमा कुल ६ वटा ब्लक रहेका छन् । ब्लक अनुसार मूल्य फरक फरक पर्छ । पर्यटकले आफूले शिकार गरेको जनावरको सिङ, छाला, खप्परजस्ता अंग भने आफ्नो मुलुक लैजान पाउँछन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend