९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सुन्तला बिक्रीबाट २९ करोड ७५ लाख आम्दानी


जनमञ्च संवाददाता
  • ९ फाल्गुन २०७९ , मंगलबार

  • सुन्तला बिक्रीबाट २९ करोड ७५ लाख आम्दानी

    पर्वत, ९ फागुन– जिल्लामा यसवर्ष सुन्तला उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यो वर्ष झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार यसवर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ ।
    पर्वतमा उत्पादित पाँच हजार मेट्रिक टन सुन्तलामध्ये चार हजार दुई सय ५० मेट्रिक टन सुन्तला निर्यात भएको ज्ञान केन्द्रले जनाएको छ । गत कात्तिकको अन्तिम सातादेखि माघ महिनाको अन्तिम सातासम्म जिल्लाबाट सुन्तला निर्यात भएको छ ।
    निर्यात भएको चार हजार दुई सय ५० मेट्रिक टन सुन्तलाबाट २९ करोड ७५ लाख आम्दानी भएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले जानकारी दिए । पर्वतबाट औषतमा ७० रुपैयाँको दरले सुन्तला निर्यात भएको छ । पर्वतमा उत्पादित सुन्तला पोखरा, काठमाडाँै, नारायणगढ र बुटवलसम्म पुगेको थापाले बताए ।
    पर्वतमा अहिले आठ सय ३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । सो मध्ये पाँच सय हेक्टर क्षेत्रफलबाट उत्पादन भइरहेको छ भने बाँकी क्षेत्रफलबाट आगामी वर्षदेखि उत्पादन दिन सुरु हुनेछ । उत्पादित सुन्तलामध्ये झण्डै १५ प्रतिशत सुन्तला कृषकले उपभोगमै खर्चिएको अनुमान छ ।
    गतवर्ष ४ सय ५० हेक्टर क्षेत्रफलबाट ४ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यसवर्ष झण्डै ११ प्रतिशत बढी क्षेत्रफलबाट उत्पादन थप भएको हो । अनुकूल मौसम र रोगकिराको प्रकोप कम हुँदा कुनै क्षति नभएकाले सुन्तला उत्पादन बृद्धि भएको हो ।
    पछिल्लो समय बाँझो खेतबारीमा सुन्तला लगाउने र स्थानीय तहले पनि सुन्तला खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न थालेपछि क्षेत्रफलमा वृद्धि हुँदै गएकाले बर्सेनि उत्पादन बढ्दै गएको वरिष्ठ कृषि विकास अधिकृत थापाले बताए । जलजला, मोदी, महाशिला, पैँयु र फलेवासका विभिन्न वडामा सुन्तला जोन र ब्लकको रुपमा विकास गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend